प्रदेश

भदौ २६को स्थायी कमिटी बैठकलाई ओली–प्रचण्डद्वारा के भयो सहमति ?



काठमाण्डौ, २५ भदौ प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच बुधबार भएको भेटमा स्थायी कमिटी बैठकका लागि एजेण्डा तय भएको हो । विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटीका एजेण्डा हुने बताइएको छ। यसअघि भदौ १८ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनलाई परिमार्जन गर्ने जिम्मेवारी दिएको थियो। सचिवालयमा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नसमेत सचिवालयले भनेको थियो।

        पार्टीभित्रको विवादका कारण गत साउन १३ गते बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । सोही दिन प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री ओलीइतरका २९ जना स्थायी कमिटी सदस्यहरूको बैठक बसेको थियो। साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेसँगै नेकपा विवाद समाधानको दिशामा गएको थियो। कार्यदलले भदौ ६ गते दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।

     यस्तै कार्यदल प्रतिवेदनअनुसार सुरुमा दुई अध्यक्षबीच सहमति गर्ने, त्यसैअनुसार सचिवालयमा परिमार्जन गर्दै स्थायी कमिटीका लागि प्रस्ताव बनाउने ओली र दाहालको तयारी छ । यसैका लागि उनीहरुले सोमबार छलफलमा महासचिव विष्णु पौडेललाई पनि राखेका थिए । पौडेल विवाद समाधान गर्न गठित कार्यदलको संयोजक थिए ।स्थायी कमिटी सुरु भएकै बेला पेश भएका एजेन्डामा केन्द्रित रहेर तथा कार्यदल प्रतिवेदनअनुसार बैठकका लागि प्रस्ताव बनाइने छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार शुक्रबारको स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच संवाद र सचिवालय बैठक बस्नेछ ।

    बैठकका लागि पुराना एजेन्डा र नयाँ दुवैखाले विषयवस्तु, पार्टीभित्रको समस्या समाधानका लागि गठित कार्यदलले प्रस्तुत गरेको सुझाव र पछिल्लो सचिवालय बैठकमा आएका धारणालाई समेटेर सहमतिको ठोस प्रस्ताव प्रस्तुत गर्ने ओली र दाहालको योजना छ । यसैअनुसार उनीहरु आफ्नातर्फबाट आवश्यक परामर्श र गृहकार्यमा छन् ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६