कपिलबस्तु २५ भदौ ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल मुसलमान बिपिको समाजवाद कार्यन्वनको चरण आएपनि नेपाली कांग्रेस सत्तामा नहुदा अवरोध श्रृजना भएको वताउनु भएको छ । उहाले बीपी कोइरालाले नेपाली जनताको अधिकार प्राप्तीको लागि गरेको योगदान अतुलनिय रहेको बताउनु भयो । उहाले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद अहिलेको आवश्यकता भएको जिकिर गर्नु भयो । नेपालको राजनिती र साहित्यमा महत्पुण योगदान दिनुभएको प्रथम जननिर्वाचित विपि कोईरालाको १०७ औ जन्मजयन्ती विभिन्न कार्यक्रमका सन्दर्भमा कपिलवस्तुमा आयोजना भएको कार्यक्रममा यस्तो वताउनु भएको हो। नेपाली कांग्रेस र भातृ संगठनले विविध कार्यक्रम गरि जयन्ती मनाएका हुन् ।
यसै क्रममा जिल्लामा नेपाल तरुण दल , नेपाल बिद्यार्थी सघं क्षेत्र नं.१ र बि पि कोइराला युवा नेतृत्व बिकास मञ्चको सयुक्त आयोजनामा बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती अवसरमा शैक्षिक समाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिपि कोइराला युवा बिकास मञ्चका अध्यक्ष राममणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भातृ सगंठनले बाणगंगा नगरपालिका ९ भलवाडमा रहेको श्रीराम आधारभुत बिद्यालयलाई कुर्ची १५ वटा टेवल १ वटा , दराज १ वटा पंखा ४४ वटा हस्तान्तरण गरेको छ । कार्यक्रममा नेपाली काग्रेसका नेता हरिराज घिमिरे,दुर्गा सेन, शक्ति सिहं ठाकुरी , दिना सुबेदी , तिलक थापा ,दिनेश क्षेत्री, चन्द्राकान्त पोख्रेल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया