कपिलवस्तु २९ भदौ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले शुसासन ,पारदर्शीता र सेवाग्राहीको सहुलियतका विभिन्न निर्णयहरु गरेकोछ । चालु आवमा नेपाल नगरपालिका महासंघवाट शुशासनमा देशकै नम्वर १ भएर पुरस्कार पाएको नगरको कार्यपालिका बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेकोछ । जस अनुसार अव सेवाग्राहीले भुक्तानी गर्ने कर वा राजश्व अनलाइनसेवा(ईसेवा) वाट गर्न पाउने छन् । यस्तै नगरभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा नगरपालिकाले गरिदिने भएको छ ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगरमा रहेका १ सय १२ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको हो । कोरोना महामारीका कारण महिला स्वास्थ्य स्वयंसेविकाकाहरु बिभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुमा खटिरहेकोले नगरपालिकाबाट उहाँहरुको कोरोना बिमा गर्ने निर्णय गरिएको नगर प्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ । यस्तै बैठकले प्रदेश सरकार समक्ष नगरका २ सामुदायिक बिद्यालयलाई नमुना बिद्यायको रुपमा स्बिकृत गराउने निर्णय पनि गरेको छ । जसमा बाणगंगा ११ मा रहेको हेमाराज माबि हथौसा र बाणगंगा ७ मा रहेको जनज्योति माबि मोतिपुर छनौटमा परेका छन ।
यसैगरि बैठकले बाणगंगा ७ खारखानीमा बन्ने भनिएको सौर्य उर्जाका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी राय सुझबालाई स्विकृत गर्नुका साथै बाणगंगा ३ मा रहेको पर्यटकीय क्षेत्र राजपानीमा थारु सग्रांहलय निर्माणका निमित्त बजेट मागका लागि संस्कृति तथा नागरिक उड्यान मन्त्रालय समक्ष प्रस्ताब लैजाने पनि निर्णय गरेको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । नगरका प्रबक्ता विष्णु पौडेलले अझै केहि जनमुखी कदमहरु छिटटै चाल्ने दावि गर्नु भयो । नगरका अध्यक्ष मंगल प्रसाद थारुको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत चूरामणी पन्थीको सञ्चालनमा बैठक भएको हो ।
प्रतिक्रिया