अर्थ-वाणिज्य

बिकट बस्तीमा बल्ल बिधुत ,महाराजगंज सब–स्टेशनबाट सेवा सुचारु



कपिलवस्तु २  असोज  । कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट बिधुत  सेवा सुचारु भएको छ । यो संगै कपिलवस्तुको विकट बस्तीका दर्जनबढी गाउले पहिलो पटक विधुत वाल्ने अवसर पाएको हुन् ।  नेपाल बिधुत प्राधिकरणको वितरण प्रणाली सुद्धीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो । नेपाल बिधुत  प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट विहिबार बिधुत  सेवा सुचारु गरेको हो । 

        बिधुत  पहुचबाट टाढा रहेका जिल्लाको हरदौना, कुशहवा जस्ता गाँउमा विद्युत प्रवाह गर्नका लागि महाराजगंज सव स्टेशनबाट बिधुत सेवा सुचारु गरिएको कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिनुभयो । महाराजगंजमा सब स्टेशन नहुदा चन्द्रौटा वितरण केन्द्रबाट बिधुत  प्रवाह हुदै आएको थियो । महाराजगंज सव स्टेशनलाई चर्जा गरी जिल्लाको बिधुत  सेवालाई चुस्तदुरुस्त बनाइएको कृष्णनगर प्राधिकरणका प्रमुख शेखले जानकारी दिनुभयो ।

जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौनाको क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट बिधुत सेवा पाउने नेपाल बिधुत  प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बुटवल डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६