जीवनशैली

एक हप्ता भित्रै संघ र प्रदेशका मन्त्री परिषद पुनरगठन



काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया एक साताभित्रै शुरु हुने लगभग पक्का भएको छ ।आइतबार कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सचिवालय वैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे भएको नीतिगत छलफलमा नेकपाका दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद पुनर्गठनका लागि सहमत रहेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।एक साताभित्र संघ र प्रदेशको मन्त्रिपरिषद पुनर्गठनको प्रक्रिया शुरु हुने निश्चित भए पनि को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै रहेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

    पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले पेस गरेका विकल्पहरुमा अहिलेका सबै मन्त्रीलाई हटाउने, शुरुमा मन्त्री भएकाहरुलाई हटाउने र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने छन् ।

बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।बैठकपछि एक सचिवालय सदस्यले भने, छलफल हेर्दा दुई कुरा प्रष्ट भएको छ, मन्त्रिपरिषद् पुनर्गठन हुन्छ र सबै मन्त्री हट्दैनन् । तर कोको हट्ने, कोको मन्त्री बन्ने, कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने जस्ता विषय टुंगिन बाँकी नै छ ।

    ’पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।अर्का एक सचिवालय सदस्यका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुनसक्छ, दशैं पछाडि पनि धकेलिनसक्छ । यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ । साथै मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुने उनले बताए ।यता पुनरगठनको हल्ला चलि रहदा मन्त्रीलाई काममा वाधा श्रृजना भएकाले एकहप्ता भित्रै पुनरगठन गर्न २ अध्यक्ष सहमत भएका हुन् । 

प्रकाशित : ५ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६