गुल्मी ६ भदौ ।गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको रातचौर स्यालामा गएराती ९ः३० वजे गएको पहिरोमा पुरिएर स्थानीय २ जना बेपत्ता भएका छन्। इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले प्रेसपाटीलाई टेलिफोन मार्फत दिएको जानकारी अनुसार उद्धारको लागि नेपाली सेनाको टोली राती नै घटनास्थल पुगेको छ । थप विवरण आउन वाकीछ । पहिरोमा परेर स्थानीय ३८ बर्षका प्रेम बहादुर कुमाल र उनका छिमेकीका ५ वर्षका बालकलाई पहिरोले पुरेको जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले जानकारी दिनु भयो । पहिरोमा परेर एक जना घाइते भएका छन्। रातडाँडा छल्दी पनाहा सडक अन्तरगत स्याला नजिक माथिबाट खसेको पहिरोले मान्छे पुरेको जानकारी आएकाले हस्तिचौर प्रहरी घटनास्थल पठाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रविणलाल श्रेष्ठले वताउनु भयो । पहिरोमा पुरिएकाको जिवितै उद्धार हुन कठिन रहेको प्रत्यक्षदर्शीको भनाइछ ।
६ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया