ब्रेकिंग न्युज

तात्यो प्रदेश ५ : यसै बैठकवाट प्रदेशको राजधानी र नाम



रूपन्देही ६ असोज प्रदेश ५ को प्रदेश सभा छैठौं अधिवेशन मंगलबारबाट सुरु भएको छ । प्रदेशको राजधानी र नामाकरण यसै अधिवेशनबाट टुंगो लगाउने सरकारको तयारी छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बैठक साउन १८ पछि स्थगित भएको थियो । मंगलबारको बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यले कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कमजोरीदेखि बाढीपहिरोको पीडा र अन्य गतिविधिका विषय उठाएका छन् ।

    सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका सांसद डिल्लीबहादुर चौधरीले सोमबार गुल्मीमा नेपाली कांग्रेसका सभापति र कार्यकर्तामाथि प्रहरीबाट भएको धरपकडको निन्दा गर्दै प्रजिअ र प्रहरी प्रमुखलाई कारवाहीको माग गर्नुभयो । त्यस्तै प्रदेशका बाँके र बर्दियामा कोभिड–१९ को परिक्षण रोकिएको भन्दै तत्काल सञ्चालन गर्न आग्रह गर्नुभएको छ । त्यस्तै प्रदेशमा सिंचाई कुलोको मर्मत हुन नसकेको, सुत्केरी र गर्भवती महिला भोकभोकै मर्न थालेको भन्दै प्रदेश सरकारले भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।

    बैठकमा जनमोर्चाकी तारा जिसी, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, नेकपाका भोजप्रसाद श्रेष्ठ लगायतले विशेष समयमा बोल्नुभएको थियो । प्रदेश सरकारले स्थापना गर्न लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस भएको छ । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विधेयक पेस गर्नुभएको हो ।

    सरकारले यसै अधिवेशनबाट प्रदेश राजधानी र नामाकरण टुंगो लगाउने घोषणा गरेको थियो । नीति तथा कार्यक्रम र बजेटमा समेत राजधानी र नामको विषय समेटिएको थियो । त्यही राजधानी र नामाकरण टुंगो लगाउने उद्देश्यसहित बैठक सुरु गरिएको नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनुभएको छ । 

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६