प्रदेश

पहिरोले ३ घर पुर्दा ६ बेपत्ता, प्रदेश ५का पहाडी जिल्लामा धेरै घटना



पाल्पा ८ असोज ।पाल्पामा  पहिरोले ३ घर पुर्दा ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले बिहीबार बिहान ३ वजेतिर तीन घर पुर्दा ६ जना बेपत्ता भएका हुन् ।बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको ठूलो पहिरोले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले प्रेसपाटीलाई टेलिफोन मार्फत जानकारी दिनु भयो ।

    उहाका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । अध्यक्षका अनुसार श्रीमान् भने पहिरो खसेपनि ज्यान जोगाउन सफल भएका थिए। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनाकारी दिनु भयो ।

    बुधबारदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जसका कारण पहिरोको जोखिम रहेका क्षेत्रहरुमा त्रास बढेको छ।यसपाली गुल्मी पाल्पा जस्ता प्रदेश ५ का पहाडी भूगागमा पहिरोले धनजनको क्षेती पुराई रहेको छ । 

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६