प्रदेश

पौडिन आउदैनथ्यो तर उर्लदो बाढीमा हाम फालेर ज्यान बचाइयो



कपिलवस्तु ९ असोज कपिलवस्तुको जितपुर फ्युज सेवामा काम गर्ने परशुराम
चौधरी पौडिन जानेका थिएनन् । चौधरी सहित ६ जना सवार जिप बुधवार दिउसो ४ बजे बाणगंगा
नगरपालिकाको कोइली खोलाले बगाएको थियो ।जिप डुब्न लागेको थियो । उनी सहित ४ जना पछाडिको
सिटमा थिए । सिसा बन्द नगरी झ्याल लागेको थियो । अर्को छेउमा बसेका २ जना झ्यालबाट
बाहिर निस्किन लागेको देखेपछि उनले पनी त्यही जुक्ती निकाले । पौडिन नजाने पनी बाच्नका
लागी अरु उपाय भएन । जोखिम लिएर जिपबाट बाहिर निस्कीए ।पौडिन नजाने पनी बाढीमा निस्किएका
चौधरी बच्न सफल भएका छन ।

जिपले बाटो छाडेपछि मेरो
होस उडेको थियो । मलाई पौडी खेल्न आउदैन । त्यही पनि कसैले बचाउला की भनेर ढोकाबाट
बाहिर निस्किए । बाढीको बेगले मलाई एक्कासी हुत्तायो । बगाउँदै जादा रुखको हाँगा समाउन
पुगेछु । त्यस पछि कसले आएर उद्धार ग¥यो केही याद छैन ’ चौधरीले बताए । जिपमा बाणगंगा
९ मा रहेको भर्तापुर आधारभुत विद्यालयमा पढाउने शिक्षिका कोपिला अधिकारी समेत थिइन
। उनलाइ समेत पौडिन आउदैन । जिप कजबे तर्दै गर्दा कोपिलाका आँखा डरले बन्द थिए । आँखा
खोल्दा जिपलाई बाढीले बगाइ सकेको थियो । पौडिन नजान्ने भए पनी छेउमा बसेका बिजय पोख्रेलको
कपडा समाएर जिपवाट हाम फालिन । खोलाको भेलले हुत्ताएर छेउमा पुराएपछि स्थानीयले उद्धार
गरेको उनले वताइन
 

कसरी
भएको थियो घटना ?

बाणगंगा ९ भलवाड तिर बिद्युत मर्मत गरी कार्यालय
फर्किन लागेका थियौँ । लगातार पानी परेको थियो । कोइली खोलामा बाढी आउदाँ कजवेका वारपार
गर्न नसकी मानिसहरु अलपत्र परेका थिए । डेढ घण्टा सम्म पर्खियौँ,दिउसोको ४ वजेको थियो
। पानीको बहाव कम भएपछिकेही मानिस पैदल हिँडेर खोला तर्न सुरु गरे । त्यो देखेपछि हामी
पनि जिप पार हुन सक्ने अनुमान लगायौै । खोला पार गर्न डराएका दुई जना जिपमा चढेका चढेका
थिए चौधरीले भने ।

कजवे पार गर्न डेढ दुई
मिटर बाकी रहेको थियो । बाढीको वेग काटन सकेन । ‘चालकले जिप जोगाउनका लागी प्रयास गरेका
थिए । स्टेरींग मोडिरहेका थिए । तर बाढीको वेग अगाडी केही सिप लागेन । बिस्तारै जिप
पछाडि धकेलीयो । केही क्षणमा जिप कजवेबाट खोलामा खस्यो
  । हामी हाम फाल्यौ चौधरीले भने । उक्त घटनामा परी
गुल्मी उपल्लो तम्घास बस्ने सवारी चालक माधव पाण्डे र अर्घाखाँचीं शितगंगा नगरपालिका
१२ का केशव भाट क्षेत्रीको मृत्यु भएको थियो । सवारी चालक पाण्डेको शव घटना स्थलमा
र क्षेत्रीको शव घटना स्थल देखी ४ किमी दक्षिण भगलापुरमा बिहीवार फेला परेको थियो ।
जिप संगै बगेका जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल अझै बेपत्ता रहेका छन् ।

झ्यालले
बचायो ३ जनालाई :

 बिद्युत
प्राधिकरणका कर्मचारी बिजय पोख्रेल भन्छन
 
‘घटना सम्झिदा ज्यान थरथर काँप्छ । बग्दै जाँदा जिप हाम्रो माथि आइपुगेको थियो
तर कसरी बचियो थाहा छैन ?झ्यालको सिसा खुला भएका कारण ३ जना निस्किन सफल भयौं । म पौडी
खेल्दै बाहिर निस्किए । मेरो कपडा तानेर कोपिला म्याडम जिपबाट वाहिर निस्किन सफल हुनु
भयो

  बाहिर निस्किए पछि खोला तर्फ फर्केर
हेरे जिप कतै देखिएन । केही बेरमा थाहा भयो ३ जना जिप संगै बेपत्ता हुनु भएको रहेछ
फ्युज शाखा प्रमुख कृष्ण
पौडेल, सवारी चालक माधव पाण्डे र अर्घाखाँचीका अर्का गाडी संगै बग्नु भएको रहेछ
  ’ पोख्रेलले थपे ‘ सशस्त्र प्रहरीले उद्धार गर्दा
मैले भगवानलाई सम्झिए । तर भगवानले प्रार्थना सुन्नु भएन । हामी भाग्यमानी रहेछौ ठुलो
घटना हुँदा पनि बाच्न सफल भयौं । झ्यालको सिसा लगाएको भए हामी सबैको ज्यान जान्थ्यो
होला ।
  

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६