प्रदेश

१ बर्षमा २२ सय सुरक्षित गर्भपतन, त्यो भन्दा ठूलो संख्यामा असुरक्षित गर्भपतन



कपिलवस्तु १० असोज  कपिलवस्तुमा एक बर्षमा २२ सय महिलाको सुरक्षित भर्गपतन गरिएको छ । नेपाल परिवार  नियोजनसंघ र मेरी स्टोप कपिलवस्तुले सार्वजनिक गरेको विवरणमा यस्तो पाइएको हो । ती सस्थाका अनुसार यो भन्दा ठूलो संख्या असुरक्षित गर्भपतन गराउनेको छ ।  ‘सुरक्षित गर्भपत सेवाप्रति हाम्रो प्रतिबद्धता कोडिभ १९ को महामारीमा पनि सेवाको प्रतिबद्धता ’ भन्ने नाराकासाथ छैठो स्रक्षित गर्भपत दिवसका अवसरमा कपिलवस्तु्को तौलिहवा पत्रकारहरुसंग अन्तरक्रियामा यस्तो विवरण पेश  गरिएको हो  ।

    नेपाल परिवार नियोजन संघ कपिलवसतु शाखा र मेरी स्टोप्स तौलिहवा शाखाको सहयोगमा कपिलवस्तु नगरपालिकाले अन्तरक्रिया संपन्न गरेको हो । सो अवसरमा परिवार नियोजन संघका जिल्ला सभापति खग प्रसाद चापागाईले सुरक्षित गभर्एपत सेवा उपलब्ध भए भए पनि  अहिले पनि असुरक्षित गर्भपतन गर्ने गरिएको बताए । उनले बिभिन्न औषधी र अन्य असुरक्षित तरिकाले गर्भपतन गराईदा महिलाहरुको  ज्यान जोखिममा परेको उनले बताए । उनले सुरक्षित र मर्यादीत बन्नु पर्ने र अस्थायी साधान समेत प्रयोग गर्नु पर्नेमा जोड दिए । उता मेरी स्टाप्स तौलिहाव शाखाका संयोजक मनिराम पाण्डेयले सरकारले तोकेको स्वास्थ्य सस्थामा सुरक्षित गभैपतन सेवा उपलब्ध रहेको बताए । उनले मेरी स्टोप्सको तौलिहवा र चन्द्रौटा शाखामा गत बर्ष २२ सय महिलाले गर्भपतन सेवा लिएको बताए ।

    उनले अझै पनि यो संख्या भन्दा धेरै असुरक्षित गर्भपतन गराउने गरेको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले प्रचारप्रसार र सचेतना बढाउनु पर्नेमा जोड दिए । उनले सुरक्षित गर्भपतन सेवा उपलब्ध रहे पनि लोकलाजका डरले अझै असुरक्षित गर्भपत गराउने गरिएका भन्दै त्यसलाई निरुत्साहीत गर्नु पर्ने बताए । १२ हप्ता सम्मका गर्भ महिलाको इच्छा अनुसार सुरक्षित गर्भपतन गराउन पाउने प्रावधान छ ।स्वास्थ्य संयोजक गुप्ताको अध्यक्षता, सुष्मा आचार्यको संचालन भएको कार्यक्रममा २० पत्रकारहरुको सहभागतिा थियो । 

प्रकाशित : १० आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६