प्रदेश

अव नेकपा र सरकारका मुख्य २ कार्यभार महाधिबेशन र समाजवाद : नेता बलदेव



कपिलवस्तु ११ असोज नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री चन्द्र प्रकाश खनाल (बलदेव) ले अव सरकार समाजवाद तर्फ लाग्ने छ भने पार्टी महाधिबेनमा केन्द्रित हुने वताउनु भएको छ । उहाले संविधानले दिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा सरकार र पार्टी अगाडी बढेको तर्क गर्दै पार्टी एक ढिक्का भएर महाधिवेशन तर्फ अगाडी बढने बताउनु भयो । नेता खनालले  १ सय २० वर्षको जगमा नेकपा उभिएको बताउदै त्यसको जगमा पार्टीलाई समय सापेक्ष परिस्कृत गर्दै अगाडी लैजाने जिकिर गर्नु भयो ।

    पूर्व मन्त्री खनालले जिल्लाको दक्षिण भेगलाई विकासको मूलधारमा ल्याउनु पर्नेमा जोड दिदै कम्युनिष्ट पार्टीमा हुने वहश, तर्कहरु वैचारिक, वैज्ञानिक र आवश्यकतामा आधारित हुुनुपर्नेमा जोड दिनु भयो । नेता खनालले छोटै समयमा मन्त्री मण्डल पुनःगठन हुने बताउदै सकुम्बासी समस्या समाधानका निम्ति सरकारले छिटै काम गर्ने जिकिर गर्नु भयो । नेकपा कपिलवस्तुको जिल्ला सचिवालयको चौथो वैठकलाई आइतबार बनगाईमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।  

    त्यस्तै वैठकका विशिष्ट अतिथी नेकपाका प्रदेश सचिव तथा केन्द्रिय सदस्य जग प्रसाद शर्माले नेकपा समय सापेक्ष आफुलाई विधि, पद्धती मार्फत गतिशिल बनाउने पार्टी रहेको तर्क गर्दै आगामी महाधिवेश मार्फत विधि, सिद्धान्त स्थापित गर्ने धारणा राख्नु भयो । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेता शर्माले पार्टी सदस्यता नविकरणको विषय निकै महत्वपूर्ण र अर्थपूर्ण रहेको चर्चा गर्दै कम्युनिष्ट पार्टीमा संगठित सदस्यको भूमिकाले निकै महत्व राख्ने जिकिर गर्नु भयो । नेता शर्माले सिंगो नेकपाका निम्ति प्रदेश नं. ५ सिकाईको केन्द्र बन्दै आएको दावी गर्नु भयो । 

    त्यस्तै वैठकमा  नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पार्टी एक ढिक्का भएर अगाडी बढने दृढ विश्वास प्रकट गर्नु भयो । वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु सहइन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले पार्टी कार्यकर्ताको समस्यासंग पार्टी एकाकार भएर अगाडी बढेको बताउनु भयो । त्यस्तै नेकपाका प्रदेश कार्यालय  सदस्य एवम् प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जिल्लाको समग्र विकासका निम्ति सबै नेता कार्यकर्ताको समयमै ध्यान जान आवश्यक रहेको सुझाव राख्नु भयो । वैठकमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जिल्लाको समग्र कामका विषयमा वैठकलाई जानकारी गराउनु भयो ।

    त्यस्तै सचिवालय वैठकमा नेकपाका जिल्ला कार्यालय सदस्यद्धय डम्मर प्रसाद शर्मा, कपिल खनाल र जिल्ला सचिवालय सदस्य कमला भुसालले क्षेत्रगत रिपोटिङ गर्नु भएको थियो । वैठकले संगठित सदस्यको अभिलेख तयार गरी असोज १५ गते भित्र अभिलेख ब्यवस्थापन गर्ने, नेकपाकोे रित्त जिल्ला कमिटी सदस्यमा जगत पौडेल र दिपेन्द्र थापालाई मनोनयन गर्ने निर्णय गरेको नेकपाका जिल्ला कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।     

    सोही वैठकले कोभिड १९ को नियन्त्रणका निम्ति सबै आफ्ना पार्टी कार्यकर्तालाई सहयोग गर्न आग्रह गरेको छ। वैठकले पार्टी जिल्ला नेतृत्व, जनप्रतिनिधी र जिल्लामा क्रियाशिल पत्रकार बीच अन्तरक्रिया गर्ने र पार्टीका जिल्ला तहका विभागहरुको वैठक असोज मसान्त भित्र सम्पन्न गर्ने, प्र्रदेश सरकारबाट सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान वापत सामाजिक सेवा श्री पदकबाट विभुषित हुनुभएकोमा नेकपाका नेता तथा महिला नेतृ प्रभा पौडेल र समाज सेवी इलियास मुसलवानलाई बधाई ज्ञापन गरेको नेकपाका जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) ले जानकारी दिनु भयो ।

    चौथो सचिवालय वैठकले विभिन्न विषयमा कारवाहीमा पर्नु भएका आधा दर्जन कार्यकर्ताको कारवाही फुकुवा गर्नुका साथै नेकपाका प्रदेश सामान्य प्रशासन विभाग सदस्य स्व. टिकाराम पौडेल र हालै कोइली कचवेबाट गाडी बगाउदा ज्यान गुमाउनु भएका स्व.कृष्ण पौडेल प्रति श्रद्धाञ्जी प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । 

    नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह (विष्णू) को संचालनमा सम्पन्न सचिवालय वैठकमा नेकपाका केन्द्रिय कमिटी सदस्यद्धय डोर प्रसाद उपाध्याय, शिराज अहमद फारुकी, नेकपा प्रदेश सचिवालय सदस्य रुद्धलाल बन्जाडे, प्रदेश कमिटी सदस्यहरु कृष्ण पौडेल, सत्यनारायण त्रिपाठी, खुम प्रसाद आचार्य, प्रभा पौडेल, सुकई थारु, मिर्जा अरशद बेग, जनी बन्जाडे लगायतको आतिथ्यतामा सम्पन्न भएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : ११ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६