प्रदेश

यातायात ब्यवस्था कार्यलयमा हिलो सहितको सेवा



रुपन्देही १२ असोज । यातायात ब्यवस्था कार्यलयले सेवाग्राहीलाई हिलो सहितको सेवा दिनेकाम जारी राखेको छ । यहाँको कार्यालय परिसर हिलाम्मे छ। कार्यालय पुगेर लेखापढी व्यवसायीको सहयोग लिनुपरे हिलोमै उभिएर सेवा लिनुपर्छ।‘सरकारलाई कर तिर्न जाँदा पनि हिलो र पानीमा डुबेर हिलै भएर जानुपर्ने अवस्था रहेछ, एकजना सेवाग्राही रमण प्रसाद गैरेले भन्नु भयो –सेवाग्राहीले सजिलोसँग कर तिर्न पनि पाउँदैनन्, सास्ती पाएर कर तिर्न पाइन्छ।

    ’उहाले कार्यालय परिसर पानीमा डुबेका कारण सेवाग्राहीलाई असहज हुँदा पनि व्यवस्थापनमा चासो नदेखाएकोमा असन्तुष्टि जनाउनु भयो ।हालैको वर्षाको कारण यातायात क्षेत्र व्यवस्थित गर्न बनेको कार्यालय परिसर आफै अव्यवस्थित छ। कार्यालय परिसर जलाशय बनेको छ। परिसरमा डुबान हुँदा सेवा लिने र दिने दुवैलाई सास्ती भएको छ। एकातिर हिलाम्मे परिसर छ त्यसमाथि न दुरी कायम छ न स्वास्थ्य सुरक्षा मापदण्डको पालना। जसका कारण कोरोना संक्रमणको जोखिम उच्च छ।

    कार्यालय जान आउन पनि जुत्ता खोलेर जानुपर्ने अवस्था रहेको यातायात व्यवस्था कार्यालय प्रमुख जनार्दन अधिकारीले स्वीकार्नु भयो ।‘पूरा ताल बनेको छ, जुता नखोलिकन आउन जान नसकिने अवस्था छ’–उहाले भन्नु भयो ।यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी तथा नविकरणको लागि दर्जनौ सवारी साधनहरु आउँछन्।दर्ता र नामसारीको लागि प्राविधिकहरुले सवारी चेकजाँच पनि गर्नुपर्दछ। कार्यालय परिसर जलासय बन्दा सवारीसाधनहरु सडकभरि रहेका छन्।

    ‘हाम्रा प्राविधिकहरुलाई सवारी चेकजाँच गर्न पनि पर पर पुग्नुपर्छ’–उहाले  थप्नु भयो –‘सडकभरि गाडी हुँदा ओहोरदोहोर गर्ने ठाउँ भएन भनेर वरिपरिका गाउँले आएर कराइ रहनुभएको छ।’ कार्यालय परिसरमा माटो पुर्नको लागि गत फागनुमा टेण्डर भएपनि ठेकदारले काम नगरेको कार्यालय प्रमुख अधिकारीले जनाउनु भयो ।‘त्यो ताल पुर्ने भनेर सहरी विकास तथा भवन कार्यालय भैरहवाले टेण्डर निकाल्यो, ठेकेदारसँग सम्झौता भयो, तर उसले कामै गरेन’––उहाले  थप्नु भयो ‘त्यो पुरेको भए गाडी बाटोमा राख्नुपर्ने थिएन।

    ’शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोविन्द गौतमले लकडाउनको कारण ठेकदारले काम गर्न नपाएको  जनाउनु  भयो  आर्थिक वर्ष २०७५/७६ मा खाडल पुर्न १० लाखको बजेट विनियोजन भएको थियो। सूचना निकालेको भएपनि रकम थोरै भयो भनेर कसैले टेण्डर हालेको थिएन।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६