पर्यटन

सहमतिपछि बुद्धनगरी लुम्विनीको ताला खुल्यो



रुपन्देही १३ असोज सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ ।नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमति भएपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टीजसपाका नगर अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका संयोजक अब्दुलमोविन खानले जानकारी दिनु भयो ।

    शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै यही ६ असोजमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका थिए ।ताला खुलेपछि  कार्यालयको काम सञ्चालनमा आएको नगरपालिका प्रमुख मनमोहन चौधरीले जानकारी दिनु भयो । दलहरुले शिक्षा ऐन संशोधनसँगै छाडा चौपाया व्यवस्थापनको मागसमेत गरेका थिए ।तर त्यो विषय पछि समाधान गरिने सहमति भएको छ । 

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६