प्रदेश

सबैभन्दा धेरै संक्रमित आइसियू र भेण्टीलेटरमा हुनेमा लुम्विनी दोश्रो



रुपन्देही ३ कार्तिक ।देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन । मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन ।  आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५३ जना आइसियू र ३८ जना भेन्टिलेटर रहेका छन् ।

    तयसपछि दोश्रोमा लुम्बिनी प्रदेशमा ५१ जना आइसियू र ५ जना भेन्टिलेटरमा रहेका छन् ।  प्रदेश १ मा  ३० जना आइसियू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सुदुरपश्चिममा ८ आइसियू र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियू र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियू उपचाररत रहेका छन् । यता नेपालमा सोमबार थप ३७९० जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप  ३७९० जनामा कोरोना पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा दुई हजार ८ , भक्तपुरमा ९९  र ललितपुरमा २८१ जनामा कोरोना पुष्टि भएको छ ।

     यो संगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ३६  हजार ३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप  १८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण  ७५७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमबार थप २३३५ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९४ हजार ५०१ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । हाल क्वारेन्टाइनमा ४४७० जना छन् भने नेपालमा हालसम्म १३ लाख ९१८ वटा पिसिआर परिक्षण गरिएको छ ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६