तिलोत्तमा ५ कार्तिक । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दा छन् ।असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा।
विष्णु गौतमले जानकारी दिए ।त्यस्तै, असोज २७ गते पोजिटिभ नतिजा आई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको गौतमले बताए । अस्पतालका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।यता कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या बढेको बढ्यै छ । पछिल्लो समय दिनदिने संक्रमित थपिने क्रममा बुधबार पुनः ७ जना कोरोना संक्रमित थपिएका छन् । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार लक्षण देखिएर नीजि स्तरबाट जाँच गराएका ६ वडाका ७ जनामा कोरोना देखिएको हो ।
यसरी कारोना देखिनेमा बाणगंगा वडा न १ का २७ बर्षिय महिला ,वडा नम्बर २ का ३१ बर्षिय पुरुष, वडा नम्बर ३ का ३८ बर्षिय पुरुष, वडा नम्बर ७ का २९ र ५० बर्षिय पुरुष, वडा नम्बर ८ का ३५ बर्षिय महिला, वडा नम्बर ११ का ६६ बर्षिय पुरुषमा कारोना देखिएको हो ।ती मध्ये एक जना सामुदायिक वनका अध्यक्ष रहेका छन् । संक्रमितहरु सबै होम आइसोलेसनमा बसेका पनि पौडेलले बताउनु भयो । आज थप भएकासंगै नगरमा जम्मा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६८ पुगेको स्वास्थ्य शाखा प्रमुख पौडेलको भनाइछ । रुपन्देहीमा








प्रतिक्रिया