प्रदेश

कपिलवस्तु नगरका मेयर सहित सतप्रतिशत संक्रमित



कपिलवस्तु ५ कार्तिक ।  कपिलवस्तुमा स्वाव परिक्षणको अहिले सम्मकै अनौठो नतिजा आएकोछ । एउटा पालिकाका जनप्रतिनिधी र कर्मचारी गरी १८ जनाको स्वाव संकलन गरी परिक्षणकालागि पठाएकोमा सतप्रतिशत संक्रमण पुष्टि भएको हो । जस अनुसार कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह कोरोना भाइरस संक्रमित हुनु भएको छ । उहालाई बुधबार संक्रमण पुष्टि भएको हो । 

     गत शुक्रबार उहासहित नगरपालिकाका १८ कर्मचारीको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताउनु भयो ।प्रमुख सिंहका श्रीमती र छोरा यसअघि कोरोना संक्रमित भएपछि उहाको स्वाब संकलन गरिएको थियो । प्रमुख सिंहले जनतासँग प्रत्यक्ष सम्पर्कमा भई काम गर्दा संक्रमित भएको बताउदै धैर्यता पूर्वक कोरोना जित्ने विश्वास प्रकट गर्नु भयो ।

     उहाले स्वास्थ्य अवस्था सामान्य रहेको र छिटो निको भई जनताको सेवामा खटिने प्रतिवद्धता जनाउनु भयो ।उहासँगै नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक र नगरपालिका वडा नं ६ का सचिव लगायत संक्रमित भएका छन् । यस्तै नगरपालिका ९ स्थित निग्लिहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् ।मेयरसहित धेरै कर्मचारी कोरोना संक्रमित भएपछि नगरपालिका बुधबार दिउँसोदेखि कात्तिक १५ गते सम्मका लागि बन्द गरिएको छ । त्यस्तै निग्लिहवा स्वास्थ्य चौकीसमेत बन्द गरिएका मेयर सिंहले बताउनु भयो  । बुधबार जिल्लामा ३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६