अर्थ-वाणिज्य

भिडियो सन्देश मार्फत प्रधानमन्त्रीको घोषणा उपचार खर्च सरकारको



काठमाण्डौ ७ कार्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित बिरामीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा संक्रमितको उपचार सरकारले गर्ने बताउनु भएको छ । शुक्रबार भिडियो सन्देश मार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि विपत्तिमा जनताको जीउधनको रक्षा गर्नु सरकारको निशर्तः दायित्व रहेको बताउनुभयो । सरकारले कोरोना भाइरसको परीक्षण र उपचारको यथोचित प्रबन्ध गर्ने पनि जानकारी दिनुभयो ।

    कोरोना संक्रमणलाई लिएर सरकारको आलोचना भएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले ती अफवाह समयसँगै हराएर जाने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाको प्रतिरोध गर्दै संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा सरकारले गर्ने घोषणा गर्नुभएको हो । उहाँले सरकार आफ्नो दायित्वबाट पछि नहट्ने आश्वासन दिनुभयो ।

    यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कात्तिक २ गतेको नियमित पत्रकार सम्मेलनमा कोरोनाका विरामीको उपचार अबदेखि सरकारले नगर्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले यस वर्ष दसैँ मान्दा विगत वर्षमा भन्दा निकै होशियार भएर र सामाजिक दूरी कायम गरेर मान्न पनि देशवासीलाई आग्रह गर्नुभयो यसैबिच  प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला कोरोनाको निःशुल्क परीक्षण र उपचारमा सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो । २०७२ सालको भूकम्पमा पनि धेरैले त्रिपाल भित्रै बसेर दशैँ मनाएको उहाँको भनाइ छ ।

     कोरोनाको डर भएकाले एकै ठाउँमा नजिकिएर भन्दा छुट्टिएर दुरी कायम गरेर पर्व मनाउनुपर्नेमा उहाँको आग्रह छ । दशैँको मुखमा अहिलेसम्मकै धेरै सङ्क्रमण देखिएकाले पनि सचेत रहन प्रधानमन्त्रीको सुझाव छ । 

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६