रुपन्देही ११ कार्तिक । जटिल प्रकृतिको लक्षण देखा परेका कोरोना संक्रमित सबैभन्दा धेरै वागमति प्रदेशमा रहेका छन् भने त्यसपछि लुम्विनी प्रदेशमा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २८१ जना आइसियु र ७१ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३० आइसियु र ७ जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ५३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यसैगरी, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया