दाङ, १४ कार्तिक । कार्तिक १० गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ नवलपुर निवासी ४५ वर्षिय कुमार विकको खुट्टा छुटिने गरी आक्रमण गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले आज शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी विकमाथि आक्रमण गर्ने दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ गर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीया का २२ वर्षिय पवन चौधरी र तुलसीपुर कै १० २४ वर्षिय अमृत चौधरी रहेका छन् ।
उनीहरुबाट विकमाथि आक्रमण गर्दा प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न हुँदा प्रयोग गरिएका कपडासमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।भाञ्जाको विहेबाट घर फर्कने क्रममा कार्तिक १० गते दशैको दिन राति १० बजेतिर तुलसीपुर उपमहानगरपालिका १० गोलौरीमा पुकार पसलबाट पढ्ढातर्फ जाने सडकमा बिकमाथि आक्रमण भएको थियो । आक्रमणमा परी विकको दाँया खुट्टाको पैतला छिनिएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया