प्रदेश

सुत्केरी मृत्यु प्रकरणः प्रादेशीक अस्पतालको लापर्बाही दाबी



बुटवल १५ कार्तिक ।सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ घर भइ हाल रुपन्देहीमै बस्ने गीता पुरी बिहीबार दिउँसो अस्पताल भर्ना भएकी थिइन । उनको बिहीबारै साँझ मृत्यु भएको हो । गर्भमा रहेको शिशुको समेत मृत्यु भएको छ ।

    १३ गते बिहीबार बच्चा जन्मने अन्तिम मिति भन्दै डाक्टरले ती महिलालाई अस्पताल बोलाएका थिए । अस्पताल भर्ना भएपछि बिहीबार बिहान ११ बजे नै उनलाई व्यथा लाग्ने औषधि दिइएको थियो । चिकित्सकहरुले दिउँसो ४ बजेसम्म पनि बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य भएको बताएका थिए । गीताले पनि आफन्तसंगको फोनमा दिउँसो स्वस्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन । तर एक्कासी साँझ ७ बजेतिर बच्चाको मृत्यु भएको खबर अस्पतालले गीताका आफन्तलाई सुनाए । राती ९ बजेतिर गीताको पनि मृत्यु भएको जानकारी चिकित्सले आफन्तलाई गराएका थिए ।  

    अस्पतालमै कार्यरत एक जना स्वास्थ्यकर्मीका अनुसार साढे ५ बजेतिर पेटमै बच्चाको मृत्यु भएको थियो। त्यो खबर सुनेपछि गिताले आफूलाई निकै गाह्रो भएको भन्दै छिटो अप्रेसन गरीदिन आग्रह गरेकी थिइन । झण्डै एक डेढ घण्टासम्म पीडाले छटपटिँदा पनि गीतालाई अप्रेसनका लागि नलगिएको ती स्वास्थ्यकर्मीले बताए  । गीताका आफन्तले पनि बच्चाको पेटमै मृत्यु भएपछि अत्याधिक पीडाले छटपटिँदा तत्कालै अप्रेसन नगरी घण्टौं त्यसै राखिदा आमाको समेत ज्यान गएको दाबी गरेका छन । 

    यता अस्पतालको लापर्बाहीका कारण आमा र बच्चाको ज्यान गएको भएको भन्दै मृतकका आफन्तले शुक्रबार दिउँसोसम्म शव बुझेका थिएनन् । तर निश्पक्ष छानविन र उचित क्षतिपुर्तिका लागि कात्तिक २० गते वार्ता गरी निर्णय गर्ने अस्पताल प्रशासनले लिखित सहमती गरेपछि शव बुझ्ने तयारी भइरहेको मृतकका आफन्त कमलराज गिरीले बताउनुभयो ।

प्रकाशित : १५ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६