प्रदेश

५ बर्षमा २ लाखले पाए गुमाएको ज्योती फिर्ता



दाङ १५ असोज  प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ आँपचौरकी ४५ बर्षिय  ज्ञानीदेवि पुनले एक्कासी दुवै आँखाले देख्न छाड्नुभयो । उहाँले यो समस्या झन्डै चार महिना भोग्नुभयो । उहाँलाई अहिले आँखाको समस्या छैन । दुइवटै आँखाले देख्न सक्नुहुन्छ । यहि बर्ष भदौ २१ गते दाङको लमही आँखा अस्पतालमा दुइवटै आँखाको शल्यक्रिया पछि ज्ञानीमायाँको गुमेको ज्योती फिरेको हो । ज्ञानीदेवी अहिले संसार देख्न पाएकोमा धेरै खुसी हुनुुहुन्छ । उहाँ भन्नुहुन्छ, सबैभन्दा ठूलो अङग भनेकै आँखा रहेछ,संसार देख्न पाएकी छु,मेरा लागि त डाक्टर साँच्चिकै भगवान नै बन्नुभयो । 

    यस्तै प्युठान मल्लरानी ३ चौरपानीका मोतीराज पौडेल लाई छोरा विष्णु पौडेल डोराएर अस्पताल पु¥याउनु भयो । आँखाको उपचारपछि उहाँ सहायता विनै घर फर्कनुभयो । उहाँलाई पनि अहिले राम्रोसंग पढ्न सक्नुहुन्छ । हिंडडुलमा समस्या छैन । पौडेलले आँखाको उपचार गर्ने डाक्टरलाई धन्यवाद दिदै भन्नुहुन्छ, डाक्टर भगवान हुन, उपचार भयो रत उज्यालो देखियो ।  मगर र पौडेल जस्ता लाखौ आँखाका ज्योती गुमेकाहरुले आँखाको ज्योती पाएका छन् । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरर्गतका आँखा अस्पतालबाट पाँच बर्षमा झन्डै दुइलाखले आँखाको ज्योती पाएका छन् ।

    दाङको राप्ती आँखा अस्पताल तुलसीपुर,लमही आँखा अस्पताल र छन्द(कालेबाबु)नारायणी अस्पताल कपिलवस्तु र त्यस मातहतका आँखा उपचार केन्द्रबाट विगत पाँच बर्षमा एक लाख ८० हजार नौसय जनाको मोतियाविन्दूको शल्यक्रिया गरेर नयाँ ज्योति प्रदान गरिएको हो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका  बरिष्ठ प्रशासकिय अधिकृत शमशेर थापाले विगत पाँच बर्षमा २८ लाख ३८ हजार पाँचसय ४० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,झन्डै दुइलाखको मोतियाबिन्दुको अप्रेसन गरेका छौ,२८ लाख बढीको उपचार गरेका छौ,पछिल्लो सयम आँखाको उपचार गर्न आउने सख्या बढेको छ ।

    आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको आँखा स्वास्थ्य कार्यक्रम सफल उपचार पछि लमही आँखा अस्पतालबाट कानको उपचारपनि शुरु भएको छ । आँखा उपचारको लागि नेपालबाट मात्र नभएर भारतबाट उल्लेखिय रुपमा विरामी आउने गरेका छन् । आँखा स्वास्थ्य कार्यक्रम बरिष्ठ अधिकृत थापाका अनुसार बहादुरगंज आँखा अस्पतालमा ६० प्रतिसत विरामी भारतबाट आउने गरेका छन् । उपचार ल्याउने आउने मध्ये पुरुषको तुलनामा महिलाको संख्या बढीरहेको छ । सचेतनाका कारण पछिल्लो समय महिला आँखा अपचारको लागि अस्पतालसम्म आउने गरेको लमही आँखा अस्पतालको नेत्रसहायक लालवहादुर चौधरीले जानकारी दिनुभयो । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरर्गतका आँखा अस्पतालमा ५७ प्रतिसत महिला आँखा चेकजाँचको लागि जाने गरेका छन् । 

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६