प्रदेश

कस्तो घटना ! मोबाइलको भिडिओ हेर्दा मृत्यु



रोल्पा १५ असोज ।रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले  बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर अवस्थाका उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभयो । 

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६