काठमाडौ १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।दुवै जनालाई शुक्रबार गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको हो । दुवैजनाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् भने यसका साथै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।यस्तै, प्रधानमन्त्रीकै सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया