प्रदेश

राजधानी प्रकरणमा कांग्रेस कपिलस्तुको निर्णयले ल्यायो तरङग, २ ले पाए नयाँ जिम्मेवारी



कपिलवस्तु १९ असोज  नेपाली कागे्रंस कपिलवस्तुले प्रदेश नम्बरको राजधानी कपिलवस्तु जिल्लामा बनाउनु पर्ने निर्णय गरेको छ । नेता वालकृष्ण खाणले कांग्रेसले रुपन्देहीवाट राजधानी सार्न नदिने अडान लिई रहदा ५ जना सांसद रहेको कपिलवस्तु कांग्रेसले गरेको यो निर्णयले तरङग ल्याएको छ । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा बसेको बैठकले  प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनु पर्ने निर्णय गरेको हो ।

    प्रदेश सरकारले  दाङ्ग जिल्लाको भालुवाङ्ग क्षेत्रलाई राजधानी प्रस्ताव गरेको  विषयमा नेपाली कागे्रंस कपिलवस्तुले असहमति जनाएको छ ।  प्रदेशका सबै १२ जिल्ला र जनतालाई पायक पर्ने स्थान कपिलवस्तु रहेको हुंदा प्रदेश सरकारले गरेको प्रस्ताव उपयुक्त नभएको कांग्रेस कपिलस्तुले जनाएको छ ।  प्रदेश ५ को सबैभन्दा ऐतिहासिक तथा पुरातात्विक दृष्टि र सबैको बीच भागमा पर्ने हिसाबले प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्नेमा  कागे्रंसको धारण रहेको छ । 

     पार्टी सभापति सुरेन्द्रराज आचार्यले कपिलवस्तु सबै जिल्लाको बिचमा पर्ने स्थानमा पर्ने जिल्ला कपिलवस्तु भएकोले  कपिलवस्तुलाई राजधानी बजाउदा कुनै पनि जिल्लालाई असर नपर्ने कांग्रेस कपिलस्तुले निर्णय गरेको गरेको बताए । कांग्रेस कपिलवस्तुले आईतवारको बैठकमा खाली रहेका २ जिल्ला कार्य समिति सदस्य समेत थप्ने निर्णय गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए । बैठकले यूवानेता राजेश ज्ञवाली र प्रखर बक्ता पदम प्रसाद खनाललाई जिल्ला कार्य समिति सदस्यमा राख्ने निर्णय गरेको छ । 

    यस्तै आमन्त्रित जिल्ला कार्य समितिमा रेस्मीराज अधिकारी र नारायण भुसाललाई बनाउने निर्णय समते भएको छ । सकृय सदस्य नविकरणको बिवरण यही असोज २५ गते सम्म जिल्ला कार्य समितिमा पठाउनु पर्ने निर्णय भएको अर्का सचिव प्रेम बहादुर रायमाझीले बताए । यस्तै एक महिना भित्र निधन भएका कांग्रेस नेता तथा बुद्धभुमी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेश्वर सिंह, कांग्रेस नेताहरु भीम बहादुर सुनार, सोमनाथ पौडेल किशोर कहारको मृत्यु प्रति शोक प्रस्ताव समेत पारित भएको छ ।  

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६