अर्थ-वाणिज्य

सरकारले ल्यायो दशैं तिहार लक्षित २ महत्वपूर्ण अफर



ललितपुर २१ असोज । सरकारले दशैं तिहारजस्ता ठूला चाडबाड मनाउने बिशेष अफर ल्याएको छ । जस अनुसार बृद्धबृद्धा आमा बुवावाई यी चाडवाडका बेला खासगरी राजधानीवाट गाउ फर्केर नभेट्ने पहिलो अफर हो । यसो गरे बृद्धबृद्धा सुरक्षित रहने छन् । दोश्रो अफर हो दशैमा पाका उमेरका नातेदारवाट आशिर्वाद मात्र लिने त्यो पनि टेलिफोनवाट टिका लगाउन नजाने । 

    कोरोना भाइरसको संक्रमण तीब्र हुनसक्ने भएकाले यस्ता विशेष स्वास्थ्य सावधानी अपनाउन अपिल गरेको छ। खासगरी काठमाडौंमा उपत्यकामा दिनदिनै संक्रमण बढ्दै गइरहेको र यतिबेला घरमा वृद्ध अभिभावकलाई जोगाउन चुनौती रहेको भन्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दसैं तिहारका बेला काठमाडौंबाट बाहिर जाने र फेरि आउने काम नगर्न अपिल गरे।‘यतिबेला हामीले ‘आशिर्वाद बचाऔं’ भनेर भनिरहेका छौँ यो आशिर्वाद हामीलाई पछिसम्म पनि चाहिन्छ’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने ‘दसैंमा हाम्रा लागि सबैभन्दा महत्वपूर्ण भनेको अग्रजको आशिष नै हो। तर अहिले उहाँलाई नै कसरी जोगाउने भन्ने चुनौती छ।’

    उनले टाढैबाट बरु टेलिफोनबाटै आशिर्वाद लिन पनि सकिने बताए। विगतमा जस्तो गाउँगाउँबाट काठमाडौँ ओहोरदोहोर गर्दा सङ्क्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताए। ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन् उनले भने, ‘तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्नसक्छ।’नेपालमा पछिल्लो समय ६० वर्ष मुनिका व्यक्तिमा कोरोना सङ्क्रमण दर र मृत्युदर तुलनात्मकरुपमा कम देखिएको छ। केही दिनयता नेपालमा कोरोनाका कूल सङ्क्रमितको आधाभन्दा बढी सङ्ख्या काठमाडौँ उपत्यकामा देखिन थालेको छ।

    काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ।ज्ञवालीले देशको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताए।

    ‘हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ। अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ’ उनले भने, ‘झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्याउनसक्ने अवस्था छ।’

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६