पर्यटन

मापदण्ड विपरित यात्रु राखेको भन्दै डेढदर्जन साधन पक्राऊ



गुल्मी २२ असोज ।जिल्ला प्रहरी कार्यालय गुल्मीले मापदण्ड विपरित यात्रु राखेको भन्दै १७ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । कोविड १९ को प्रकोपलाई ध्यानमा राख्दै तोकीएको सिट क्षमता भन्दा बढी यात्रुहरु राख्ने र यात्रुहरुवाट बढी भाडा रकम असुल्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् ।

    सवारी साधनहरुले मनपरी भाडा लिदैं आएको र तोकीएको मापदण्ड भन्दा विपरित यात्रुहरु ओसार पसार गर्दै आएको भन्ने व्यापक गुनासो आएपछि जिल्ला ट्राफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले सदरमुकाम तम्घासदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा मापदण्ड विपरीत यात्रु राखेको तथा मनपरी भाडा लिएको प्रत्यक्ष रुपमा प्रमाण भेटीएपछि त्यस्ता प्रकारका सवारी साधनहरुलाई नियन्त्रणमा लिईएको ट्राफिक कार्यालयका प्रमुख जगन्नाथ पाण्डेले बताए ।

    नियन्त्रणमा लिईएका सवारीसाधनहरु मध्य तिन वटा वस र १४ वटा जिप गरि १७ वटा सवारी सवारी साधनहरु रहेका छन् । नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई ट्राफिक नियम अनुसार कार्वाही गरिने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरि हरेक सवारी साधनहरुलाई सिटको क्षमताको आधा मात्र यात्रु राख्न र प्रत्येक यात्रुहरुलाई माक्सको अनिवार्य रुपमा प्रयोग गर्न सुचित गर्दै आईरहेको छ ।

सदरमुकाम तम्घासदेखि जिल्लाका ग्रामीण क्षेत्रहरु सिमलटारी, मर्भुङ्ग मैदान, घमिर, छापहिले, नेटा, दर्लिङ्ग, इस्मा ,धुर्कोट, ह्वाङदी, मुसिकोट, धुर्कोट लगायतका स्थानमा गुड्ने सवारी साधनले मनपरी भाडा उठाउने र बढी यात्रु बोक्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीहरुलाई दुई दिनसम्म राखेर मात्र छोडिदिने भएको छ । गत साता पनि गरिएको सवारी अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयले ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कार्वाही समेत गरिसकेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६