ब्रेकिंग न्युज

प्रतिकूल मौसमका कारण कपिलवस्तुका बाणगङगा सहितका ४ पालिकामा विद्यालय बन्द



कपिलवस्तु ८ असोज ।
प्रतिकूल मौसम तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कपिलवस्तुका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। बाणगंगा, बुद्धभूमि, महाराजगञ्ज र कपिलवस्तु नगरपालिकाले आफ्ना क्षेत्रभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
बाणगंगा नगरपालिकाले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त प्रतिकूल मौसमसम्बन्धी सूचनाका आधारमा २०८३ असोज ९ गते विद्यालय बिदा दिने निर्णय गरेको जनाएको छ। कतिपय पालिकाले ८ अर्थात आज समेतलाई बिदा दिएका थिए ।सम्भावित भारी वर्षा तथा त्यसबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको हो। स्थानीय तहहरूले सम्बन्धित विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६