प्रदेश

आन्तरिक मामिला मन्त्री केसीलाई कोरोना संक्रमण



बुटवल २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् ।कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् । रुघाबाहेक स्वास्थ्यमा अन्य समस्या नरहेको कुँवरले बताए ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६