पर्यटन

कमनको नेतृत्वमा शर्मा,राजधानीवारे गुनासो छैनः सांसद पन्थी



कपिलवस्तु २३ असोज कपिलवस्तुवाट प्रकासित हुने एकमात्र दैनिक बुद्धदर्पण र प्रदेश कै अत्याधिक धेरै पाठकले पढ्ने अनलाइन पत्रिका प्रेसपाटीको प्रकाशक सस्था कमन नेपाल प्रालिले आगामी ३ वर्षका लागि संचालक समिति सर्बसम्मत रुपमा निर्वाचित गरेको छ। जस अनुसार वोर्डको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनु भएको छ । १४ औ बार्षिक साधारण सभा एवम अधिबेशनको शुभारम्भ गर्दै कमनका संचालक एवम लुम्विनी प्रदेश सांसद बिष्णु पन्थीले कमन नेपालले कपिलवस्तुको सञ्चार जगतमा उत्कृष्ट भूमिका खेलिरहेको बताउनु भयो ।

    समृद्ध समाज निर्माणका लागि सामाजिक उत्तरदायित्व सहितको शुसासन भन्ने मूलनाराका साथ स्थापित भएको प्रा.लि।बाट सञ्चालित दैनिक पत्रिका अनलाईन र साप्ताहिक पत्रिका सञ्चालन हुनु  चूनौतीपूर्ण रहेको उहाको भनाई थियो ।उहाले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ हुनु स्वाभिक रहेको बताउदै कपिलवस्तुलाई कुनै घाटा नहुने धारणा राख्नुभयो । कपिलवस्तुमा साँस्कृतिक पर्यटनको मुल फुटाउन जरुरी रहेको बताउदै सञ्चार माध्यमबाट जिल्लारहेका सम्पदाको प्रचारप्रसार हुन सके कपिलवस्तुले फड्को हान्ने स्पष्ट पार्नु भयो । 

    यस्तै कार्यक्रममा बोल्दै कमन नेपाल प्रालिका नवनिर्वाचित अध्यक्ष डम्मर शर्माले स्थापनाकाल देखी अहिलेसम्म निरन्तर प्रा.लि.को नेतृत्व गर्ने अबसर पाएकोमा सबै संचालकमा आभर प्रकट गर्नुभयो । उहाले भबिष्यमा मिडिया क्षेत्रलाई अझै शशक्त पार्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा प्रगति बिवरण कमन नेपालका प्रबन्ध निर्देशक लक्षमण बेल्बासे र गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन संचालक सदस्य  भेषराज पाण्डेले प्रस्तुत गर्नुभएको थियो । संचालक सदस्य पोमनारायण पौडेलको स्वागतमा भएको अधिबेशनवाट कमनको संचालक समितिमा भेषराज पाण्डे ,सरोज खनाल ,नन्दराम पौडेल ,बसन्त गिरी ,सर्बेन्द्रदेब खनाल निर्वाचित हुनु भएको छ । सदस्य सचिवमा लक्ष्मण बेल्बासे रहनुभएको छ ।

    यस्तै १४ औं साधारण सभाले सांसद बिष्णु पन्थी ,संविधान सभा सदस्य बिश्राम प्रसाद चौधरी ,नागरीक समाजका अध्यक्ष दोलख वहादुर पछाई ,माजसेवि शंकर प्रसाद आचार्य र शैक्षिक ब्यक्तित्व अरुण कुमार पाण्डेलाई सल्लाहकारमा मनोनित गरेकोछ ।  यसैगरी पर्यटन तथा सामाजिक सम्वन्ध उपसमिति संयोजकमा पोमनारायण पौडेल ,अर्थ लेखा र खरिद उपसमिति संयोजकमा गुणानिधी भुसाल र  मिडिया उद्यम र सस्थागत विकास उपसमिति संयोजकमा डिलाराम भुसाल  रहने गरी उपसमिति गठन गरेको छ । 

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६