खोज–अनुसन्धान

पत्रकार महासंघले भन्यो समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस्



१३ कात्तिक, काठमाडौं ।

नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिए ।
‘यो अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने ९नियन्त्रणमा० लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने, ‘यसलाई तत्काल रोक्नुपर्छ । राज्य आतंक नरोकिए यो खेदजन्य कार्यविरुद्ध आन्दोलित हुनुको विकल्प छैन ।’
प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै पाँच जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भनेका छन् ।
शुक्रबार नै अर्का पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । श्रोत अनलाईन खबर

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६