अन्तर्राष्ट्रिय

मदिरा आयात फूकुवा गर्दा सरकारलाई ३ फाईदा



 काठमाडौं २६ असोज ।  सरकारले बिदेशवाट हुने मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेकोछ । त्यसरी फूकुवा गर्दा वार्षिक ३ अर्ब राजश्व थप हुने छ यो पहिलो फाइदा हो । दोश्रो चोरी तस्करी रोक्न नसकिएकोमा रोक्नै नपर्दा सुरक्षा ध्यान अन्त लगाउन सकिने छ। तेश्रो अन्तराष्ट्रिय ब्यापार सिद्धान्तको नेपालले उलंघन गरेको आरोप लागेको थियो त्यो आरोपवाट जोगिन सरकार सफल हुने छ । यसैले यसवाट ३ फाइदा भएका छन् । फलस्वरुप अबैध चोरी पैठारी रोक्न नसकेपछि विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको छ।

  ६ महिना पहिले मदिरा आयातमा प्रतिबन्ध लगाएपनि चोरी पैठारीको बाटोबाट मदिारा भित्रन थालेपछि मन्त्रिपरिषद् बैठकले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको हो। कोरोना माहामारीका कारण लकडाउन सुरुभएको केहि दिन पछि ०७६ चैत २४ गते राजपत्रमा सुचना प्रकासित गरेर मदिरा आयातमा प्रतिवन्ध लगाएको थियो।सरकारले कागजमा प्रतिबन्ध लगाएपनि अबैधरुपमा मदिरा भित्रन नछाडेपछि तत्कालिन अर्थमन्त्री डा। युवराज खतिवडाले आयात प्रतिबन्ध हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेका थिए । उनले चोरी पैठारीका कारण राजश्वमा असर पेरको भन्दै फुकुवाको सिफारिस गर्न आपूर्ति मन्त्रालयलाई आग्रह गरेका थिए ।

    आयातमा प्रतिवन्ध लगाउँदा पनि भारत हुँदै विदेशी मदिरा अवैध रुपमा नेपाल आउन रोकिएको थिएन । अवैध रुपमा विदेशी मदिरा आउन थालेपछि राजस्वमा समेत नोक्सानी हुन थालेको थियो।अर्थमन्त्रालय श्रोतका अनुसार नेपालमा एउटा आर्थिक वर्षमा विदेशबाट एक अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा आयात हुने गरेको छ। मदिरामा प्रतिबन्ध लगाउंदा मदिरा आयात हुँदा सरकारले पाउने तीन अर्ब रुपैयाँ राजस्व गुमाएको थियो ।मन्त्रिपरिषदको बैठक सार्वजानिक गर्दै सरकारका प्रक्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  गत वर्षको चैत्र २४ गतेको नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनामा संशोधन गरी मदिराको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाउने संशोधित सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको बताए।नेपालमा मदिराको खपत दसैं र तिहारको सिजनमा सबैभन्दा बढी हुन्छ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६