प्रदेश

प्रदेश ५मा शुसासन ब्यबस्थापन केन्द्र स्थापना नै भएन,यस्तो छ आन्तरीक मामिला मन्त्रालयको बेथिती



रुपन्देही २६ असोज अरु प्रदेशले नसोचेकै बखत प्रदेश ५ सरकारले शुसासन ऐन वनायो । प्रदेश सभावाट ६ महिना अघि पारित पनि भयो । तर लुम्बिनी प्रदेशमा सार्वजनिक प्रशासनको सेवा प्रवाहलाई पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन पारित भएको ऐन कार्यान्वयन नहुदा कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ । यो ऐन अनियमितता गर्नेका लागि खतराको घण्टी बजाउदै कानुनी कठघारामा खडा गर्न बनेको हो तर यतिबेला स्वयम ऐन नै आफै नजरबन्दमा परेको छ । मन्त्रालय एवं सरकारी निकायमा हुने अनियमितता अनुगमन, छानबिन र कारबाहीका लागि सिफारिससमेत गर्न सक्ने गरी पारित भएको ऐन अहिले आफै निष्क्रिय अवस्थामा छ । 

        ऐनमा मुख्यमन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय निर्देशन समिति र सुशासन व्यवस्थापन केन्द्र गठन गर्न सक्ने व्यवस्था छ । तर समितिको बैठक नै बस्दैन र केन्द्र गठन पनि भएको छैन । जसको फाइदा उठाउदै सरकारका मन्त्रालय र निर्देशनालयमा भने कर्मचारीकै संलग्नतामा अनियमितता र फजुल खर्च बढ्दो छ ।यो ऐन कार्यान्यनमा नआउदा प्रदेश ५ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आफ्नो वेभसाइटमा भुक्तानीमा लागि प्राप्त बीलहरु भन्ने स्तम्भ राखेको छ ।त्यो खोल्दा कुनै बील उपलब्ध छैन भन्ने सन्देश आउछ । के खर्च नभएका हुन् ? होइन । यहि ऐन नहुदा मन्त्रालयले बेथिती गरेको हो । यस्तो बेथिती लामो समयदेखि रहदै आएको छ ।  

    प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्ष सम्झौता अनुसारको काम पूरा नगर्दै ललितपुरको पिकासो डेभलपर्स सट्याक जेभीलाई ७५ लाख रुपैयाँ भुक्तानी दियो । संस्थाले लुम्बिनी प्रदेशका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्र, ठूला होटल र यातायातको पहुँचलगायत समावेश गरी सूचनामूलक थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेसन निर्माण गर्ने गरी सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि मन्त्रालयको एप्लिकेसन निर्माण भएको छैन । संस्थाले असार ३० गते नै रकम भुक्तानी लिएको छ । यो ऐन कार्यान्यनमा भएको भए केही यतिबेला अभियुक्तको रुपमा कानुनी दायरामा आएका हुने थिए । 

    काम पूरा नहुँदै भुक्तानी दिनेमा मन्त्रालयकै तत्कालीन सचिव राधा वाग्ले र योजना शाखा प्रमुख शिव केसीको संलग्नता देखिएको छ । तर अहिलेसम्म उनीहरूलाई कतैबाट सोधीखोजीसम्म भएको छैन । यद्यपि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयले भने अनुसन्धान गरिरहेको छ । ऐनले त्यस्ता अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारमा निगरानी, छड्के जाँच गर्न र सेवा प्रवाह एवं सुशासन सुधारका विषयमा आवश्यक रणनीति तयार गर्न छुट्टै सुशासन व्यवस्थापन केन्द्र निर्माण गर्न सक्ने व्यवस्था गरेको छ ।

    तर सरकारले केन्द्र गठन त परै जाओस्, फजुल खर्च र अनियमिततामा संलग्न कर्मचारीलाई अहिलेसम्म सचेत पनि गराएको छैन । कति सम्म भने हरेक मन्त्रालयका वेभसाइटमा खर्च हिसाव सार्वजनिक गर्ने गरी स्तम्भ बनाइएको छ तर कुनैपनि मनत्रालयले त्यहा बीलहरु राखेका छैनन् । कानुन अनुसार फर्छाैट भएका कारोवारका बीलहरु वेभसाइटमा सबैले हेर्न मिल्ने गरी राख्नु पर्ने प्रावधान छ ।  

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६