कपिलवस्तु २७ असोज । नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला कार्यसमितिको अध्यक्ष पदमा यूवा नेता एवम ब्यावसायी गोपाल ज्ञवाली नियुक्त हुनु भएको छ । यूवा संघ नेपालका कपिलवस्तु इन्चार्ज समेत रहनु भएका ज्ञवालीलाई महिला तथा वालवालिका मन्त्रालयले नियुक्त गरेको वाकी सदस्यको नियुक्ती भने अध्यक्षको सिफारिसमा हुने कार्यविधी रहेको छ ।
यसअघि लामो समय सम्म राजु अर्याल अध्यक्ष हुनु हुन्थ्यो । केहिदिन पहिले सरकारले केन्द्रिय समिति सहित सबै जिल्लाका कार्यसमिति भंग गरेपछि नियुक्तीको वाटो खुलेको थियो ।
प्रतिक्रिया