प्रदेश

बसपार्क र गौशाला वनाउन कार्यदल , सहकारी एकिरण र प्रहरी ब्यवस्थापनमा जुटयो स्थानीय सरकार



कपिलवस्तु २९ असोज  कपिलवस्तुको बाणगंगा नगरको कार्यपालिका बैठक आकस्मीक  रुपा बुधवारकालागि बोलाइयो । एक वडाध्यक्षका अनुसार बैठकमा आउदा सम्म वडाध्यक्षले के परेछ यस्तो हतारो कोभिड कै बिषय हो की ? भन्ने अनुमान लगाएका थिए । तर जव बैठक शुरु भयो छलफलका एजेण्डा सुन्दा आफै चकित परे । चकित पर्नाको कारण हो चुनावका बेला मुख्य एजेण्डा बनेको बसपार्क कहा बनाउने भन्ने कुरा ३ वर्ष सम्म छलफल नै चलेन आज सोही बिषय प्राथमिक बन्यो । छाडा चौपाया ब्यवस्थान चुनावी नारा थियो आज बल्ल गौशाला बनाउने वजेटको प्रस्ताव आयो । 

    सहकारी मर्जर गर्ने ,नगर प्रहरी ब्यवस्था गर्ने र लैङिगक हिंसा निवारण गर्ने  कार्यविधी पारित गर्ने प्रस्ताव आयो । कपिलवस्तु कारागारका कैदीलाई आइशोलेसनमा राख्न वजेट दिने प्रस्ताव आयो । वडा नं ११ का अध्यक्ष सोमनाथ अर्यालका अनुसार जेजे प्रस्ताव बैठकमा आए नयाँ र श्रृजनात्मक थिए । छलफल पछि सबै पारित भए । आकस्मीक बैठकले धेरैलाई चकित पार्ने जस्ता निर्णय गरयो । बैठकका केहि निर्णय प्रतिक्षीन नै छन् जस्तो वसपार्कको संभाब्यता अध्ययन कार्यदल वनेको छ टुंगो लागेर यहि कार्यकालमा बन्छ की बन्दैन ? सहकारी एकिरणको कार्यविधी पारित भएको छ एकिरण तत्काल हुन्छ की हुदैन ? आदी 

    जे होस छाडा चौपाय ब्यवस्थापनका लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि तत्परता देखाएको छ । लामो समयदेखी छाडा चौपाया ब्यवस्थापनमा कुनै पहल नहुदा ब्यापक जन गुनासो आउन थालेपछि नगरपालिकाले गौशला निर्माणका लागि तत्काल कार्य अघि बढाउने भएको हो । बुधबार बसेको नगरकार्यपालिकाको आकस्मिक बैठकले नगरको वडा नं ८ स्थित मधुवनधाममा छाडा चौपाया ब्यवस्थापनका लागि तत्काल गौशाल निर्माण कार्य अघि बढाउने निर्णय भएको छ । जसका लागि ३० लाख बजेट बिनियोजन भएको नगर प्रबक्ता एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले बताउनुभयो । 

    केही समय अघि जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुमा बसेको छाडा चौपाया ब्यवस्थापनमा पालिका प्रमुखहरुको बैठकमा बाणगंगाले आफ्नै तरिकाले ब्यवस्थापन गर्ने बताएका थियो । शिबराज ,बुद्धभूमि र कपिलवस्तु नगरपालिकाले शिबराम गिद्ध रेष्टुरेन्ट र कान्जी हाउस सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैगरि बैठकले जिल्ला कारागारमा रहेका कोरोना संक्रमित कैदीहरुका लागि आईशोलन ब्यवस्थापनका लागि २ लाख रकम छुट्याउने , नगरका मुटु रोगीहरुका लागि उपचार गर्न यातायात भाडाका लागि २ लाख दिने पनि निर्णय गरेको छ । 

    यस्तै बैठकले बसर्पाकको स्थल सम्भाब्यता अध्ययनका वडा नं ५ का अध्यक्ष भिष्मराज भूषाल , वडा नं ४ वडा अध्यक्ष गणेश क्षेत्री र नगरका प्रशानसन शाखा अधिकृत केशबराज भट्राई सदस्य रहने गरि  ३ सदस्यीय कार्यदल समेत गठन गरेको छ । यस्तै घरनक्सा अभिलेखीकरणका लागि पुष मसान्तसम्म म्याद थपिएको छ । नगरका सडकम कालेपत्रे निर्माणमा लागत सहभागिता बाहेकका योजनाहरु ठेक्का पट्टाहरु मार्फत गर्ने पनि निर्णय भएको छ । 

    यसैगरि बैठकले ३ वटा कार्यबिधि पनि पारित गरेको छ । जसमा नगर प्रहरी ब्यवस्थापन सम्बन्धी कार्यबिधि ,सहकारी एकिकृती सम्बन्धी कार्यबिधि ,लैङिगक हिसा निवारण कोष सञ्चालन सम्म्बन्धी कार्यबिधि पारित भएको प्रबक्ता पौडेलले बताउनुभयो । यो संगै अब नगर प्रहरीको ब्यवस्था गर्ने  ,सहकारी मर्जरको अबधारणम कार्यान्वयमा लैजाने लगाएतका बिषयमा बाटो खुलेको छ  । यस्तै बाणगंगाको कार्यपालिका बैठकले नेपालीहरुका महानपर्ब दशै तिहार र छठ जस्ता पर्बहरुमा हुने बिबिध गतिबिधिहरुमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको बषयहरुलाई कार्यान्वयन गर्न नगरबासीहरुमा अनुरोध गरेको छ । 

     सम्पूर्ण नगरबासीहरुमा चाडपर्बको शुभकामना समेत दिएको छ । नगरका मेयर मंगल प्रसाद थारुको अध्यक्ष ,उपप्रमुख चक्रपाणी अर्याल ,वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,कर्मचारी लगाएतको सहभागितामा  भएको बैठकको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत चूरामणी पन्थीले गर्नुभएको थियो ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६