अर्थ-वाणिज्य

गुल्मीको सबै भन्दाठूलो लिफ्टिङ्ग खानेपानी आयोजनाको सम्झौता



अर्घाखाँची ३० असोज ।  संघीय खानेपानी तथा ढलव्यवस्थापन आयोजना कार्यालयले  अर्घाखाँचीले गुल्मी जिल्लाको सबै भन्दाठूलो लिफ्टिङ्ग खानेपानी रेसुङ्गा खानेपानी आयोजनाको सम्झौता गरेको छ । 

    मझेङ्ग खोला देखि रेसुङ्गाको शिर शिद्धबाबा सम्म पानी लिफ्टिङ्ग गरी नगरपालिका भित्रका अन्य स्थानम ाप्रयाप्त पानी पुर्याउने यस आयोजनाको लक्ष्य रहेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका क्षेत्र भरिको वर्षौदेखिको खानेपानी समस्याको समधान गर्न यो कोशे ढुङ्गा साबित हुने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताउनु भयो । 

    १३ सय ९६ मिटर हेडमा ५ स्टेज पम्पिङ्गमा पानी लिफ्टिङ्ग गर्ने यस  योजना २५ करोड  १२ लाख७१ हजारमा २ वर्ष भित्र सम्पन्न गर्न श्री कन्काई जयमाता जे.भि. कोटेश्वरसँग सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सि.डि.ई. राम प्रसाद घिमिरेले बताउनु भयो । 

    उक्त योजनाको कुल रकमको ९० प्रतिशत रकम नेपाल सरकारले र बाँकी १० प्रतिशत रेसुङ्गा मझेङ्ग खोला भाडगाँउ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले व्यहोर्ने  आयोजनाका अर्घाखाँची प्रमुख  कृष्णवर्माले जानकारी दिनुभयो। 

    यस नगर क्षेत्रमा कूल ३१ लाख ६३ हजार लिटर प्रतिदिन पानीको मागहुने र यस मध्ये प्रतिदिन १९ लाख ५६ हजार लिटर पानी मझेङ्गखोलाबाट लिफ्ट गरी ३०.२ लिटर प्रति सेकेण्डका दरले दैनिक १८ घण्टा मात्र पम्प संचालन गरी पानीपूर्ती गरिने बर्माले वताउनु भयो ।  बाँकी १२ लाख७ हजार लिटर विद्यमान आयोजनाहरुको श्रोतबाटपूर्ती गरिने जानकारी आयोजनाका  ईन्जिनियर बिजय खरेलले दिनु  भयो ।  

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६