अर्थ-वाणिज्य

जनताले परिणाम नदेख्दा गैससको भविश्यमाथि चुनौती : सांसद घिमिरे



 कपिलवस्तु ३० असोज गैससले गर्ने काममा जनताले परिणाम खोज्दा पाउन नसकेको विद्यमान अवस्थामा गैससको भविश्य माथि नै चुनौती थपिएको एक कार्यक्रममा बिष्लेषण भएको छ । राष्ट्रिय सभा सदस्यएवम नेकपाकी कन्द्रिय नेतृ  विमला घिमिरेले संघ संस्थाहरुले उद्देश्य धेरै राम्रा राख्ने काम सोही अनुसार काम नगर्ने परिपाटी अन्त्य हुनु पर्ने  बताउनु भयो  । संस्थाले गरेका काम परिणाममुखी र शुसासित  हुनु पर्नेमा सांसदले घिमिरेले जोड दिनु भयो ।

    शुक्रवार सिद्धिपुर सामाजिक महिला विकास संस्था कपिलवस्तुको प्रथम वार्षिक साधारण सभाको समुद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको  हो । महिलाहरुको समग्र विकासका लागि आफ्नो तर्फ बाट पुर्ण सहयोग गर्ने सांसद घिमिरेले प्रतिवद्धता जाहेर गर्नु भएको छ ।उहाँले अगाडि भन्नु भयो,“महिलाको संस्था भएकोले राज्यको मुल प्रवाहमा आउन नसकेका सबै समुदायका महिलाहरुलाई मुल धारमा ल्याउन , महिलालाई नेतृत्व तहमा पुर्याउन लगायतका सवालहरुमा संस्थाले विशेष काम गर्नु पर्ने हुन्छ ।”कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका वडा नं १ का अध्यक्ष वालकुमारी पन्तले महिलाहरुलाई शसक्तिकरण गर्न नगरले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । 

    राम्रो काम गर्ने संस्थाहरुलाई नगरपालिकाले सदैव सहयोग गर्ने अध्यक्ष पन्तलेले बताउनु भयो । महिलालाई आत्मनिर्भर बनाउने काममा   नगर सँग सहकार्य गरेर अगाडि बढ्न उहाँले संस्थालाई आग्रह गर्नु भयो ।  कार्यक्रममा  सामाजिक अभियन्ता सुर्य कुमारी शाही, सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमाकान्त घिमिरे , अधिकारकर्मी  देबकला सुबेदी कमाल ,पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे , ब्रमा कुमारी ईश्वरीय विश्वविद्यालय जितपुरकी प्रमुख गिता ,मिरमिरे महिला सहकारीका अध्यक्ष शान्ता पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

    साधारण सभामा संस्थाका सचिव नमुना पौडेलले हाल सम्म संस्थाले गरेको कार्य प्रगति , आगामी कार्यक्रम  र कोषाध्यक्ष लक्ष्मी गोदारले आर्थिक प्रतिवेदन  प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । संस्थाका अध्यक्ष सिता न्यौपानेको अध्यक्षता , उपाध्यक्ष गिता ज्ञवालीको स्वागत एवं सदस्य नमिता न्यौपानेको संचालनमा कार्यक्रम भएको हो । यस्तै साधारण सभाले  कार्यसमितिको रिक्त रहेको सहसचिव पदमा नमिता न्यौपाने र सदस्यमा शान्ता पाण्डेलाई पदपुर्ति गरेको छ ।

    त्यस्तै  गरि सभाले  लेखा समितिको संयोजकमा देबकला सुबेदी कमाल  सदस्यमा पार्वती पाण्डे , भगवता अधिकारीलाई चयन गरेको छ । एक वर्ष अगाडि स्थापना भएको यस संस्थाले छोटो समयमै राम्रो कामको शुभारम्भ गरेको छ । महिलाहरुको शसक्तिकरण , सबलीकरणका कार्यक्रमलाई प्राथमिकता दिने संस्थाले जनाएको छ । 

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६