बुटवल २ कार्तिक ।नेपाल कम्युनिस्ट पार्टी, (नेकपा)को पहिलो एकीकृत संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन, नेपाल (पिन) रुपन्देही जिल्लाको एकता भेला शनिबार बुटवलमा सम्पन्न भएको छ ।प्रदेश न ५ का उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री माननीय लिला गिरिको प्रमुख आतिथ्यता रहेको भेलाले ई नवसुजित भण्डारीको अध्यक्षतामा २१ सदस्य जिल्ला तदर्थ कमिटी घोषणा गरेको छ ।कमिटिको उपाध्यक्षमा ई। अर्जुन अर्याल, सचिवमा ई बिनोद भण्डारी र कोषाध्यक्षमा ई आशिष पराजुली रहनु भएको छ। त्यसैगरी सचिवालय सदस्यहरुमा ई हेमराज शाही, ई प्रतिश अर्याल र ई रामदेव गुप्ता रहनुभएको छ।
कमिटिका सदस्यमा ईन्जिनियरहरु दुर्गा गौतम, रेशा बस्याल, खगेन्द्र खत्री, धर्मराज ढकाल, कृति कान्त शाहा, मनोज भुषाल, कान्ति खनाल, एलिसा शर्मा, सन्तोष भुसाल, प्रकाश शर्मा, दिलिप के सि, दिपेन्द्र भुषाल, सुजन ज्ञवाली र बिमल कडेल रहनु भएको छ ।भेलामा बिशिस्ट अतिथीको रुपमा उपस्थित नेपाल कम्युनिस्ट पार्टी नेकपा रुपन्देही जिल्ला कमिटी अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदिले कमिटिको नाम घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा पिन लुम्बिनी प्रदेश ईन्चार्ज ई दुजेन्द्र बस्नेत, पिन केन्द्रिय सदस्य नारायण अर्याल, पार्टिको तर्फबाट पिन प्रदेश सह ईन्चार्ज छत्र बहादुर क्षेत्री, पिन लुम्बिनी प्रदेशका सल्लाहकार ई एल एन पाण्डे लगायत लुम्बिनी प्रदेश कमिटिका पदाधिकारी, सचिवालय सदस्य तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो । पिन लुम्बिनी प्रदेशका अध्यक्ष ई जीवन अर्यालको अध्यक्षता तथा स्वागत प्रदेश सदस्य ई। तुल्सी वोस्तीले गर्नु भएको थियो भने भेलाको सन्चालन प्रदेश सचिव ई अरुण खनालले गर्नु भएको थियो








प्रतिक्रिया