कपिलवस्तु १६ कार्तिक ।५ बर्षिया बालिकालाई जबरस्ती करणी गरी फरार रहेका अभियुक्त एक ब्यक्ति पक्राउ परेका छन । २०७६ साउन ८ गते बालिकालाई करणी गरी फरार रहेको यशोधरा गाउपालिका– २ बिचलीभडेहरका १८ बर्षिय नासिर अली मुसलमान पक्राउ परेका हुन ।
जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट जबर्जस्ती करणी मुद्धा दर्ता गराई जिल्ला अदालत कपिलवस्तुबाट वारेन्ट समेत जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले पक्राउ परेका अभियुक्तलाई अदालतमा पेश गरिएको बताउनु भयो ।








प्रतिक्रिया