प्रदेश

राप्रपाको जागरण महाअभियान, कांग्रेस बि.पि.को चियापान



कपिलवस्तु १७ कार्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले हिन्दु राज्य जागरण महाअभियान शुरु गरेको छ । पार्टीको जिल्ला कार्य समिती कपिलवस्तुले हिन्दु राज्य जागरण अभियान सगै कोरोना संक्रमण बारे सचेतना अभियान समेत सञ्चालन गरेको हो । पार्टीले तौलिहवाको भिक्षुचोकमा आयोजना गरेको जन जागरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले हिन्दु राज्य जागरण अभियान सगै कोरोना संक्रमण बारे सचेतना प्रवाह शुरु गरिएको जानकारी दिए । 

    सो अवसरमा पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाका प्रमुख स्वकीय सचिव शंकर घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई सम्मान सगै राप्रपाको मानार्थ जिल्ला सदस्य मनोनयन गरिएको जिल्ला अध्यक्ष सिंहले जानकारी दिए । कार्यक्रममा जिल्ला अध्यक्ष सिंहले अब नेपालमा हिन्दु राष्ट्र बन्ने अभियानमा नेपालीले साथ दिने दाबी गरे । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य कृष्ण बहादुर चौधरी, साहित्यकार हरिराज शर्मा, समाजसेवी ओम प्रसाद गौतम, डाक्टर सतिस उपाध्याय लगायतले मन्तब्य दिएका थिए ।

    यता नेपाली कांग्रेस विपी जिल्ला कार्य समितीले  विजयदशमी, शुभदिपावली तथा पठ पर्वको अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा वडा नं. ४ भक्तौलीमा  एक कार्यक्रमका विच चियापान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा केन्द्रिय सदस्य सुरजराज आचायले चाडपर्वको शुभकामना दिदै देशलाई सवल, स्वच्छ र समृद्ध समाजको रुपमा रुपान्तरण गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस विपी रहेको दाबी गर्नुभयो । उहाले वि.पी कोइरालाको विचारबाट प्रेरित भई २०५१ सालमा पार्टी स्थापित भएपनि जिल्ला कार्य समिती भने हालै मात्र गठन गरिएको बताउनुभयो ।

    यस्तै जिल्ला सभापति गोपाल पोख्रेलले पनि शुभकामना दिदै जिल्लामा  पार्टीलाई स्पापित गरिदै लगिने बताउनुभयो । जिल्ला सभापती गोपाल पोख्रेलको अध्यक्षता तथा  जिल्ला सचिव इश्वर पोख्रेलको संचालनमा समपन्न भएको पार्टीले जनाएको छ । कार्यक्रममा सागर श्रेष्ठ, कृष्ण  बहादुर चौधरी, भोजराज आचार्य,अनिल राना लगाएतले बोल्नुभएको थियो ।

 

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६