अर्थ-वाणिज्य

देशकै तेश्रो लामो पुलवाट लुम्विनीको राजधानी जोडिदै,अन्तराष्ट्रिय रंगशाला निर्माण हुदै



दाङ १९ कार्तिक ।  लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ को बडहरा र राप्ती गाउँपालिका ३ को खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।यो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका (साइड विङ) का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् ।

    प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ ।यता गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् ।

    राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा उपभोक्तामार्फत रु. १८ लाख र आव २०७५÷०७६ मा रु. दुई करोड ८० लाख खर्च भएको छ । 

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । 

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६