अर्थ-वाणिज्य

गुल्मीमा कफी खेतीमा सिन्दुरे रोग देखा पर्यो



गुल्मी कार्तिक २

गुल्मीमा लगाईएको कफी खेतीमा सिन्दुरे रोग देखा परेको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएकौ कफी खेतीमा सक्रांमक मानिएको सिन्दुरे रोग देखा परेको हो ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका केही स्थानमा सिन्दुरे रोग देखा परेको कफी विकास केन्द्र गुल्मीले जानकारी दिएको छ । केन्द्रले दरबार गाउँपालिकाको वडा नं १ बलिथुममा अनुमगनका क्रममा सकांस्पद लक्षण भेटिएपछि सिन्दुरे रोग भनेर प्रमाणित गर्नका लागि कफी अनुसन्धान कार्यक्रम बलेटक्सारमा खबर गरेलगत्तै प्राविधिकहरुले परिक्षण गर्दा सिन्दुरे रोग फेला परेको कफी विकास केन्द्र गुल्मीका कार्यालय प्रमुख बद्री प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

त्यस्तै छत्रकोट गाउँपालिकाको वडा नं १ हुँगामा पनि कृषकहरुले लगाएको कफी खेतीमा सिन्दुरे रोग देखा परेको उहाँले बताउनुभयो । गुल्मी दरबार गाउँपालिका वडा नं १ बलिथुम ढोडुगांका कृषक घनश्याम गौतमको कफी बगैचामा सिन्दुरे रोग देखा परेको हो । तापक्रम र आद्रता बढी हुने समय साउन देखि कार्तिकसम्म यस रौगको प्रकोप हुने भन्दै उहाँले कफी खेतीका लागि यो खतरनाक ढुसी रोग रहेको बताउनुभयो । सिन्दुरे रोगले ७० प्रतिशतसम्म बाली नोक्सान गर्ने भएकालै कृषकहरुले विशेष सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो ।

सिन्दुरे रोग हावाको माध्यमबाट सर्ने सरुवा रोग भएकाले बगैँचामा जाँदा समेत अत्यन्तै सावधानी अपनाउनुपर्ने कफी विकास केन्द्रका वागबानी विकास अधिकृत पशुपती सिहंले बताउनुभयो । रोग देखिएको विरुवालाई छोईसकेपछि अन्य विरुवालाई छुने वा बगैचामा बस्ने नगर्न उहाँले कफी कृषकलाई सुझाव दिनुभयो । यो रोग अत्यन्तै सक्रांमक र खतरनाक रोग भएकाले सबै कृषकहरु अत्यन्तै सजग भई बोडो मिश्रण छर्ने र अवस्था अनुसार बोटलाई नष्ट गर्न उहाँको आग्रह छ । यदी पातको तल्लो सहतमा सुन्तला रगंका पहेला दानादार थोप्ला देखिएमा कफी विकास केन्द्र वा आफ्नो पालिकाको कृषि शाखामा सम्पर्क गर्न पनि कफी विकास केन्द्रले आग्रह गरेको छ ।

केहो सिन्दुरे रोग ?

यो अराबीका कफीमा लाग्ने खतरनाक ढुसी रोग हो । यसले ७० प्रतिशतसम्म बाली नोक्सान गर्न सक्दछ । यो रोग वर्षैभरी लाग्न सक्ने भएतापनि तापक्रम र आद्रता बढी हुने समय साउनदेखि कार्तिकसम्म यसको प्रकोप बढी हुने गर्दछ ।

रोगका लक्षण

पातको तल्लो सतहमा सुन्तला रगंका पहेला दानादार थोप्ला देखिन्छन् । थोप्लाहरु बढ्दै गई एक आपसमा जोडिन पनि सक्छन् । रोगको प्रकोप बढ्दै गएपछि सबै पातहरु झर्दछन्,हाँगाहरु रित्ता हुन्छन् र बोट सुक्छ । 

के गर्ने

फूलफुल्नु पूर्व काँटछाँट गर्ने । बढी छहारी भएमा हटाउने । यदी रोग लागेको छ भने ठुलाबोट र पुरानाबोटहरुमा १ प्रतिशतको बोडो मिश्रण बनाई तुरुन्तै पातको तल्लो तथा माथिल्लो भाग पर्याप्त भिज्ने गरी छर्ने । त्यस्तै नर्सरी र साना बोटहरुमा ०.५ प्रतिशत बोडो मिश्रण बनाई छर्ने गर्नुपर्दछ ।

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६