प्रदेश

बिगतका सेल्टरदाता नै नेकपाका प्राणदाता :बलदेव



कपिलवस्तु २३ कार्तिक । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चन्द्र प्रकाश खनाल बलदेवले सेल्टरदाता स्व लुक कुमारी खनालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउनु भयो । नेता खनालले स्व.लुक कुमारी खनालले थुप्रै कम्युनिष्ट नेताहरु उत्पादनमा गर्ने काममा अविष्मरणिय भूमिका रहेको चर्चा गर्नु भयो । उहाले स्वर्गिय खनाल प्रति श्रद्धाञ्जली अर्पणगर्न उहाकै घरमा नेकपा मार्फत आयोजित शोकसभामा बोल्दै यस्तो वताउनु भएको हो । नेता बलदेवले भन्नु भयो विगतका सेल्टरदाता नेकपाका प्राणदाता हुन् ।
    उहाहरुले नै आजका ठूला नेतालाई वचाएर यहा सम्म पुराउनु भएको हो ।
शोक सभामा नेकपाका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य डोर प्रसाद उपाध्यायले असल आमाहरुकै योगदानबाट आज नेपालमा कम्युनिष्ट सरकार बन्न सफल रहेको चर्चा गर्दै असल आमाहरुले देखाएको बाटोमा सरकार हिडन सके समृद्ध राष्ट्र निर्माणको जनताको चाहना पुरा हुने विश्वास प्रकट गर्नु भयो । शोक सभामा नेकपाका नेताहरु जनी बन्जाडे, बालकराम बुढा, दोर्ण बहादुर पुन (दिनेश)ले शोक मन्तब्य राख्नु भएको थियो । शोक मन्तब्य राख्दै स्व लुक कुमारी खनाल प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।
    
नेकपा कपिलवस्तुद्धारा आयोजित शोक सभा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) को संचालनमा सम्पन्न सभामा नेकपाका नेताहरु भानु प्रकाश श्रेष्ठ, क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रहुँफ लगायतका नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
स्व.लुक कुमारी.खनाल नेकपा कपिलवस्तुका जिल्ला कार्यालय सदस्य कपिलदेव खनालकी ममतामयी माता हुनुहुन्छ । स्व. खनालकी ३ छोरा र एक छोरी हुुनुहुन्छ । स्व.खनालको ८० वर्षको उमेरमा १७ गते सोमबार निधन भएको नेकपाका नेता डम्मर शर्माले जानकारी दिनु भयो ।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६