प्रदेश

कपिलवस्तुका २ सहित लुम्विनीका ४ संक्रमितको मृत्यू



कपिलवस्तु २५ कार्तिक । कोरोना संक्रमणबाट वाणगंगा नगरपालिका–६ का ७९ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकको आइसोलेनमा भर्ना भएका थिए । लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा सोमबारै  कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो । श्वासप्रश्वासमा समस्या देखिएकोमा तत्काल आईसीयूमा राख्नुपर्ने बेड खाली नहुँदा फिवर क्लिनिकमै राखेर उपचार गरिएको थियो ।  जिल्लामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ३२ पुगेको छ । सक्रिय संक्रमित १ सय ९ रहेका छन् ।

    यसैविच  रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु–१ जितपुरकी ७० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताउनु भयो । कात्तिक २३ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा राखी पीसीआर परीक्षण गरिएको उहाको २४ गते पोजिटिभ नतिजा आएको थियो । स्वास्थ्यमा थप समस्या भएपछि कोरोना अस्पतालको आईसियूमा सारिएकोमा  उपचारको क्रममा मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको डा गौतमले बताउनु भयो ।

    यसैबीच रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत अनमी ४८ वर्षीया महिलाको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो। उहालाई कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाको स्वास्थ्यमा समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालको आइसियुमा उपचार गरिएको थियो। त्यहीँ  मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले जानकारी दिनु भयो ।   यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पतालमै मृत्यु भएको छ। ती पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रवक्ता डा. पोखरेलले जानकारी दिनु भयो । कार्तिक १३ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषमा दमको दीर्घरोग थियो ।

    यता कोरोना संक्रमित युवा व्यवसायी कृष्ण आचार्यको निधन भएको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ११ डिभर्ना, जोगीमारे घर भई सदरमुकाम सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षीय आचार्यको गएराति प्रादेशीक अस्पताल बुटवलमा ज्यान गएको अर्घाखाँचीका  जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो ।कोरोनाको लक्षण देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उहा कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको थियो । आचार्यले सन्धिखर्क शान्ति बगैँचा नजिकै दुग्ध व्यवसाय संचालन गर्दै आउनु भएको थियो ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६