बिजनेस

मापदण्ड शंसोधन हुने,दर्ता बिनाका क्रेसर र वालुवा प्रशोधन उद्योगमा प्रतिबन्द



काठमाडौ २५ कार्तिक । नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्री वितरणको मापदण्ड परिमार्जन हुने भएको छ। ’ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ संशोधन हुने भएको हो। गृहमन्त्री, ऊर्जामन्त्री, वनमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित विभिन्न मन्त्रालयका सचिवसहितको बैठकले उक्त मापदण्डका कतिपय प्रावधान अव्यवहारिक भएको पाइएकाले संशोधन गर्नुपर्ने निर्णय गरेको हो ।

     नदीजन्य पदार्थको उत्खनन एवम् उपभोग बिक्री वितरण तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा बसेको बैठकले मापदण्डको आवश्यक परिमार्जन गर्नका लागि प्रारूप तयार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई १५ दिनको समय दिएको छ । त्यस्तै क्रसर उद्योगहरूको पनि अनुगमन गरेर गृह मन्त्रालयमा रिपोर्ट बुझाउन ७ दिनको म्याद दिइएको छ। बिना दर्ता सञ्चालनमा आएका क्रसर तथा बालुवा उद्योग तत्काल बन्द गराउनुपर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६