अर्थ-वाणिज्य

कपिलवस्तुमा “नयाँ लुगा,न्यानो लुगा”अभियान



कपिलवस्तु २६ कार्तिक ।कपिलवस्तुमा गरीब र बिपन्न परिवारलाई लक्षित गरी “नयाँ लुगा, न्यानो लुगा” अभियान सञ्चालन भएको छ । मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानियस्तरमा सहयोग जुटाई अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत कार्तिक पुर्णीमा सम्मको अबधीमा १ सय ५५ परिवारका गरिब बिपन्न ६ सय जना बढिलाई नयाँ न्यानो लुगाँ दिईने छ । 

        अभियानले तत्कालका लागी कपिलवसतु जिल्ला र रुपन्देहीको मर्चवार क्षेत्रका वास्तबिक गरिब बिपन्नलाई अभियान अन्र्तगत जाडोको लागी नयाँ न्यानो कपडा उपलब्ध गराउने छ । अभियानको तौलिहवा स्थित माहुरीको होमको कार्यालयमा सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले कपिलवस्तु बाल गृहका २९ बालकलाई जाडोको लुगा खरिद गरे बापत बाल गृह प्रमुखलाई नगद ४० हजारकोे चेक हस्तान्तरण गरेका थिए । 

        सो अवसरमा उनले कार्यक्रमले जाडोमा बिपन्न परिवारलाई यसले ठुलो राहत मिल्ने बताए । उनले कार्यक्रममा आफुले सक्दो सहयोग जारी राख्ने बताए ।  कोरोना संक्रमणका बेला बिपन्न र गरिबहरु मर्कामा परेका बेला अभियानले नागरिकस्तरमा राम्रो सुचना प्रवाह गरेकोले अभियानलाई बृहत रुपमा सञ्चालन गर्न आवश्यक रहेको कपिलवस्तुका प्रजिअ दिर्घ नारायण पौडेलले औल्याए । 

        कार्यक्रममा नगरपालिका क्षेत्रमा गरिब र बिपन्न परिवारका १ सय बढिलाई लुगा बितरण गरिएको थियो आफुहरुले कोरोना संक्रमण शुरु भए लगत्तै परियोजनाका बिभिन्न दात्रृ निकायको सहयोगमा ६ सय १५ जनालाई खाधान्न सहयोग गरेको माहुरी होमका अध्यक्ष रबि ठाकुरले बताए । सो सगै स्थानियस्तरको सहयोगमा फुड बैङ्क सञ्चालनमा ल्याई थप १ सय ५५ जनालाई खाधान्न र अन्य सहयोग गरिएको ठाकुरले बताए । 

        कार्यक्रममा सहभागी प्रहरी उपरिक्षक नवराज अधिकारी, लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, रेडक्रस सोसाईटीका जिल्ला महामन्त्री सन्तोष श्रीवास्तव लगायतले अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६