साहित्य

राष्ट्रपतिसंग परामर्शको निष्कर्ष :प्रचण्डको प्रतिबेदनलाई अभियोग पत्र ठहर बैठकमा छलफल हुनै नदिने तयारी



काठमाडौं, २९ कार्तिक । प्रचण्डले बैठकमा पेश गरेको अभियोग पत्र राजनैतिक प्रतिबेदन हन नसक्ने र त्यसमाथि छलफलको औचित्य नहुने वताएका अध्यक्ष एवम प्रधानमन्त्री केपि शर्मा ओली आवश्यक परामर्श गर्न राष्ट्रपति विद्यादेवि भण्डारी संग परामर्श गर्नु भएको छ । 

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चरम विवाद बढिरहेका बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो  ।प्रमुख प्रतिपक्षी दल मात्र सत्तारुढ दलकै कतिपय नेताहरुले नेकपाभित्रको विवादमा राष्ट्रपतिको एक पक्षीय सक्रियता बढेको भन्दै आलोचना गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । करिब एक घण्टाअघि भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ ।

    नेकपाभित्रको विवाद चराम विन्दुमा पुग्दै अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘पत्र युद्ध’ मा आइपुगेको छ । राष्ट्रपति भण्डारीले नेकपाभित्रको विवाद समाधानमा भूमिका निर्वाह गर्न उपाध्यक्ष गौतमलाई गरेको आग्रहको आलोचना भएको थियो ।पार्टी अध्यक्ष समेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै ओली रुष्ट बनेका छन् ।

    उनी निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् । ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफू निकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए ।

प्रकाशित : २९ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६