प्रदेश

दुर्लभ बन्यजन्तुको छाला किनबेच हुदहुदै ४ पक्राउ



बुटवल ५ मंसिर।  दुर्लभ संरक्षित वन्यजन्तु बाघको छाला किनबेच हुदाहुदै चारजनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रवार विहान साढे १० बजेतिर उनिहरुलाई बाघको छालासहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा बुटवल ७ को ३० वर्षिय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउंपालिका वडा नं ४ को २२ वर्षिय बिमल मगर, २४ वर्षिय संजिव पेमी र १८ वर्षिय विशाल रानामगर रहेको प्रहरीले जनाएको छ।

    उनिहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको एकथान बाघको छाला बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक नविन चुंदालीले जानकारी दिए ।पक्राउ परेकाहरुमाथी थप अनुसन्धान शुरु गरिएको प्रहरी निरिक्षक चुंदालीले जानकारी दिए ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६