अर्थ-वाणिज्य

बुटवल विश्वकै सुन्दर मध्ये एक मेगासिटी बन्नेछ :अर्थमन्त्री पौडेल



रुपन्देही १० मंसिर  अर्थमन्त्री विष्णु पौडेलले बुटवल विश्वकै एक सुन्दर मेगासिटीका रुपमा छिटटै विकसीत हुने दावि गर्नु भएको छ । उहाले बुधवार तिनाउ दानव कोरिडोरको शिलान्यास गर्दै बुटवलको तुलना गर्न विश्वका उत्कृष्ट शहरको नाम लिनुपर्ने गरी यसलाई समृद्ध तुल्याइने प्रतिवद्धता जनाउनु भयो । उहाले  बुटवलको पुरानो बसपार्कदेखि नेपाल भारत सिमा क्षेत्र सुनौलीको भारतीय सीमा सडकसम्म कोरिडोर निर्माण हुने भएपछि यसले ब्यावसायीकता प्रबद्र्धनमा टेवा मिल्ने औल्याउनु भयो ।  जिल्लाको तिनाउ र दानव नदीको दुबैतर्फ फराकिलो लेनसहितको आकर्षक सडक निर्माण हुने उहाले अपेक्षा राख्नु भयो ।

    तिनाउ नदीको दुवैतर्फ डबल लेनको कालोपत्रे सडक निर्माणको लागि ठेक्का सम्झौंता प्रक्रिया पूरा भएको छ । कोरिडोरको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाको अभिषाप मानिने तिनाउ र दानव नदीको बाटो हुँदै भारतसम्मै सडक निर्माण हुने र यसले रुपन्देही जिल्लालाई सुन्दर शहरको रुपमा विकास गर्ने बताउनु भयो । 

    रुपन्देहीको मुख्य शहर वुटवल र भैहरवामा ट्राफिक जामको दिर्घकालिन सामाधान गर्नको लागि भन्दै रिभर रुटको रुपमा पर्यटकीय सडक निर्माण सुरु गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो । कोरिडोरलाई निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्र, गौतमबुद्धको जन्मस्थल र भैहरवामा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसम्म पुग्नको लागि छोटो मार्ग एवं बाईपास मार्गको रुपमा विकसित गरिने उहाँले बताउनुभयो ।

५० किलोमिटरसम्म बन्ने तिनाउ दानब करिडोर निर्माण गर्नको लागि ४ अर्ब १३ करोड बजेट लागत लाग्ने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो । नदीको दुबैतर्फ डबल लेनको कालोपत्रे सडक निर्माणसँगै १० मिटर हरियाली , ७ मिटरको कालोपत्रे, दुवैतर्फ २ मिटर फुटपाथ , १–५ मिटर साईड ड्रेन निर्माण हुने छ ।तिनाउ खण्ड निर्माणको लागि ५२ करोड ४६ लाख र दानब खण्डमा करिब १९ करोड ४२ लाख लागत लाग्ने सडक डिभिजनले अनुमान रहेको उहाँले जानकारी दिनुभयो ।

    करिडोरको तिनाउ खण्ड सम्पन्न गर्नको लागि किराँतेश्वर मैनाचुली अविशा जेभि काठमान्डौंले ठेक्का पाएको छ भने दानवतर्फको लामा बानिया जेभि मकवानपुरले ठेक्का पाएको छ । तिनाउ खण्ड ३६ महिना र दानब खण्ड २७ महिनामासम्म पूरा हुने गरि ठेक्का भएको हो । यस्तै तिनाउ खण्डको काम तिनाउ पुलदेखि मघरघाट पुलसम्म र दानब खण्ड बेलबास झोलुंगे पुलदेखि सडक बन्ने छ । सोही अवसरमा बोल्दै मन्त्री पौडेलले केपी ओली नेतृत्वको बर्तमान सरकार पूरै अवधि टिक्ने बताउनु भएको छ । उहाँले अस्थिरता चाहनेहरुको अपेक्षा पूरा नहुने पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘कसैले अस्थिरताको आशंका नगर्नोस,  त्यस्तो आशंका र अपेक्षा पूरा हुनेवाला छैन् ।’अर्थमन्त्री पौडेलले यात्राका क्रममा आउने ब्यवधानहरुलाई परास्त गर्दै सरकारले बिकास,समृद्धि र सामजिक न्यायका पक्षमा दृढतापूर्बक काम गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६