अर्थ-वाणिज्य

हुलाकी सडकमा कमसल सामाग्रीको प्रयोग



कपिलवस्तु १२ मंसिरकपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गरेको पाईएको छ । कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग गरेपछि समग्र मधेशको विकास संग जोडिएको सडकको गुणस्तर माथि प्रश्न खडा भएको छ । 

    सडक निर्माणको जिम्मा पाएको काठमाण्डौको स्वछन्द सिरुवा वल्डवाईड जेभी कम्पनीले अहिले सोहि सडक खण्डमा कलर्भट निर्माणको काम गरिरहेको छ । सडकको पूर्वाधारको रुपमा रहेको कलर्भट निर्माणमा नै निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको पाइएको छ । कलभर्ट निर्माणमा एक नम्बरी पक्की इटाको प्रयोग गर्नु पर्ने ठाँउमा कमसल इटा लगाएत अन्य सामाग्री प्रयोग गरेको स्थानियले बताएका छन् ।

    तोकिएको मापदण्ड अनुसार एक नम्बरी इटा प्रयोग गरी कलभर्ट निर्माण गर्नु पर्ने भए पनि कम्पनीले कमसल खालको इटा प्रयोग गरी निर्माण गरेकोले कलर्भटको भविष्य माथि नै स्थानियले प्रश्न उठाएका छन् । घर निर्माणमा समेत प्रयोग नहुने इटा कलभर्ट निर्माणमा प्रयोग भएको छ । यस्तो कमसल सामाग्री प्रयोग भएको कलभर्टले कति सम्म धान्ला ? एक स्थानिय बाहाउ धोबीले भने । निर्माणको क्रममा पटक पटक ईटा गुणस्तरीय हिन भएको भनेर आवाज उठाउँदा समेत आयोजना तथा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानिय सुवास कुर्मीको गुनासो रहेको छ ।

    खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी सडक आयोजनाका सुपरभाइजर नागेन्द्र मिश्रले सुरुवात देखिनै ठेकेदार पक्षले गुणस्तरीयहिन ईटा प्रयोग गरेको बताउनुभयो । “मैले पटक पटक ठेकेदार पक्षलाई ईटाको विषयमा जानकारी गराएको हु, मिश्रले भन्नुभयो “पछिल्लो पटक आयोजनालाई जानकारी गराई दुई ट्याक्टर ईटा फिर्ता गराए । 

    हुलाकी सडकमा निर्माण भइरहेको  कलभर्टमा कमसल ईटा प्रयोग भएको हुलाकी सडक आयोजनाले स्वीकार गरेको छ । हुलाकी सडक आयोजना कार्यालय गोरुसिङका प्रमुख रामकुमार देवले सडकमा कमसल साम्रागी प्रयोग भएको सुचना आएपछि आफुहरुको ध्यानाकर्षण भएको वताउनुभयो । उहाँले सडकको अनुगमन पश्चात गलत पाईए सच्चाउन निर्देशन गर्ने बताउभयो । 

    उक्त साईट हेरिरहेका ईन्जीनियर शरद आचार्यले कमसल ईटा आएको स्वीकार गर्दै उक्त ईटा फिर्ता गरिएको बताउनुभयो । “निर्माण कम्पनीले कमसल ईटा प्रयोग गर्ने तयारीमा रहेको हामीले थाहा पायौं, उहाँले भन्नुभयो “झारिएको ईटा फिर्ता पठाएका छौ, यदि कमसल ईटा प्रयोग भएको पाइएमा निर्माण भएको संरचना भत्काएर पुनः निर्माण गराउनेछौ ।  निर्माण पक्षका साईड ईन्चार्ज भरत चौलागाईले आफुहरुले गुणस्तरीय ईटटा माग गरिएपनि ईटटा उधोगले कमसल ईटा पठाएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन ।

    कपिलवस्तुको खरेन्द्रपुर , सितलापुर , भिल्मी सडक खण्ड निर्माणको लागी ७६ करोड ६४ लाख ६३ हजार ६ सय ६२ रुपैंयाको लागतमा ३ वर्षमा सम्पन्न गर्ने गरि निर्माण पक्षले कामको जिम्मा लिएको छ ।  

प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६