अन्तर्वार्ता

लैंङिगक हिंसा : अधिकारकर्मीको सोच एक, दृष्टिकोण अनेक



लैङिगक हिंसालाई हेर्ने बुझ्ने र गर्ने ब्यवहारका बारेमा कपिलवस्तुका अधिकारकर्मीको अनेक दृष्टिकोण पाइएकोछ । यद्धपी हिंसा विरुद्धको न्यायको सवालमा भने उनीहरुको सोच लगभग मिल्दो रहेको छ । कसैले आर्थिक सामाजिक शशक्रिकरणमा जोड दिएका छन् । कसैले कठोर कानुनी प्रावधानमा त कसैले चेतना अभिबृद्धिवाट हिंसा न्यूनीकरण हुने वताएका छन् । प्रेसपाटीकालागि पार्वती पाण्डेले अधिकारकर्मी संग गरेको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ ।   
सकारात्मक सोच र शशक्तिकरण : पोम नारायण पौडेल  


महिलाहरु आर्थिक र सामाजिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरू माथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन सक्दैन् । त्यसैले  घर परिवारमा छोरा छोरी दुबैलाई बराबरी शिक्षा , संस्कार , संस्कृति सिकाउनु आवश्यक छ । छोरा र छोरीलाई एउटै संस्कार सिकाउदा विभेद हुदैन जसले गर्दा लैंगिक हिंसा हुदैन ।  भएका कानुन कार्यान्वयन गर्न सकेपनि हालको अवस्थामा केही परिवर्तन देखिन सक्छ । विशेष गरेर महिला र राज्यको मुल प्रवाहिकरणमा आउन नसकेका  समुदायका लागि उनीहरुलाई नै लक्षित गरि शसक्तिकरण हुने गरि सरकारले कार्यक्रम ल्याउनु  पर्छ ।  परिवार , समाज , सबैले सकारात्मक सोचको विचार गरि लैंगिक हिंसा अन्त्य गर्न लाग्नु पर्छ ।
आदर्श पुरुषको सम्मान : रबि ठाकुर


लैगिक हिंसा रोक्न अब स्थानीय तहले सरकारको भुमिका निर्बाह गर्नु पर्छ ।  जस्तै  ओसीएमसी गठन गर्ने, लैंगिक हिंसा बारे चेतना मुलक कार्यक्रमहरु गर्ने, संघसंस्थाहरु संँग समन्वय गरी १६ दिने अभियान गाउँ गाउँमा सञ्चालन गर्ने, त्यो पुरुष जस्ले आफ्नो जिवनमा लैंगिक हिंसा घटना गरेको छैन उसलाई १६ दिने अभियानको समापनका दिन आदर्ष पुरुष घोषणा गरी सम्मान गर्ने, लैंगिक हिंसा पिडितको लागी राहत कोष स्थापना गर्ने, आश्रय गृह स्थापना गर्ने र संचालन गर्ने, पिडित लाई छिटो छरितो न्याय दिने दिलाउने गरेमा लैंगिक हिंसा रोकिन्छ ।

शिक्षावाटै परिवर्तन :इन्दिरा भट्राई


लैंगिक हिंसा अन्त्यका लागि समाज सचेत हुनु आवश्यक छ । व्यक्ति ,समाज सचेत भएमा महिला माथि हुने हिंसा कम हुन्छ । महिलाले गरेका योगदानको कदर गर्ने , महिलालाई शिक्षा र आर्थिक रुपले सक्षम बनाउनु पर्छ । विभिन्न अवसर प्रदान गर्दै नेतृत्व तहमा  ल्याउनका लागि पुरुषहरुले महिलाहरुलाई सहयोग पुर्याउनु पर्छ । घर परिवारबाटै छोरा र छोरीलाई विभेद गर्नु हुदैन , शिक्षा  आर्जन , सम्पत्तिमा पनि छोरा र छोरीलाई बराबरी गर्न सकेमा लैंगिक हिंसा कम हुन्छ ।

मिडियाको खवरदारी ,समान जिम्मेवारी :सुर्य कुमारी शाही



लैंगिक हिंसा अन्त्य गर्न सोचमा परिवर्तन गर्न जरुरी छ । पुरातनबादी सोचका कारण पनि महिलाहरु हिंसामा पर्ने गरेका छन । सोचमा परिवर्तन गर्ने , सकारात्मक सोचको विकास गर्ने , महिलाको कामको मुल्यांकन गर्ने हो भने लैंगिक हिंसा कम हुन्छ ।  
लैंगिक हिंसा रोक्नका लागि समाजलाई सचेतीकरण गर्नु आवश्यक छ । महिला र पुरुषको भुमिकाका बारेमा पनि सबैलाई जानकारी दिनु पर्छ  । महिलाहरुलाई कामको लोड वढि हुने हुदा महिला र पुरुषलाई कामको जिम्मेवारी बाँडफाँड गर्दा लैंगिक हिंसा कम हुन्छ । महिला लक्षित कार्यक्रमहरु गर्दा उनीहरुकै हितमा अर्थात् तल्लो तह सम्म पुगेर काम गर्ने , सम्बन्धित निकायले अनुगमन गर्ने र मिडियाले खबरदारी गर्नु पर्छ । लैंगिक हिंसा अन्त्य गर्न  मिडियाको पनि  ठुलो भुमिका हुन्छ । त्यसैले लैंगिक हिंसाबले खोजमुलक सामग्री जनसमक्ष सञ्चारमाध्यमले पस्किनु पर्छ ।
प्रभावकारी लैङिगक नीति : तेज प्रसाद आचार्य


लैंगिक हिंसा अन्त्यका लागि लैंगिक हिसाबले नितिगत कुराहरु पनि स्पष्ट हुनु पर्छ । घरपरिवारबाटै संस्कारका कुरा छोरा र छोरी दुबैलाई सिकाउनु पर्छ । व्यवहारीक कुरा पनि छोरीलाई मात्र होइन , छोरालाई पनि सिकाउनु पर्छ, वुझाउनु पर्छ । शिक्षा आर्जनका कुरामा छोरालाई राम्रो शिक्षाका लागि धैरै खर्च गरेर टाढा टाढा पठाउने तर छोरीलाई भने शिक्षाम कम खर्च गर्ने टाढा पठाउन नखोज्ने जस्ता प्रवित्तिलाई  आमा वुवाले त्याग्नु पर्छ । आफु र  घर परिवार  बाट सोच परिवर्तन गरि विभेदीकरण नगर्ने हो भने लैंगिक हिंसा  हुदैन ।  अर्को कुरा समाज पनि सचेत बन्नु पर्छ ।
सक्षम छोरी सक्षम बुहारी :चेतना अधिकारी


पितृसत्तात्मक सोच , सामाजिक मुल्य मान्यता , संस्कार , संस्कृतिका कारण पनि महिला माथि हिंसा हुने गरेको छ । कुरीती र कुसंस्कारलाई हटाउदै समृद्ध समाज निमार्ण कार्यमा सघाउ पुग्ने खालका सामग्रीहरु सञ्चारमाध्यमले जनसमक्ष पस्किनु पर्छ । लैंगिक हिंसा अन्त्यका लागि सबै होस्टेमा हैसे गर्दै अभियानमा लाग्नु पर्छ , जसले गर्दा महिला माथि हुने हिंसा कम हुदै जानेछ । छोरीलाई सक्षम बनाउदा महिला माथि हुने धैरै हिंसा कम हुन्छ । पुस्तौ देखि आएका पुरातनबादी सोच विचारलाई हटाउने  र वैज्ञानिक सोच विचारलाई अनुसरण गर्ने  हो भने महिला माथि हुने हिंसा कम हुन्छ ।
अपराधमा आलटाल नै बाधक : दिना सुबेदी कमाल


धर्म संस्कृति,जातियताले पनि लैंगिक हिंसा भैरहेको छ । अझै भन्नु पर्दा मुस्लिम समुदायमा महिलामाथि हुने हिंसा बढि हुन्छ । उनीहरुले आफु हिंसामा परेको कुरा बताउन सक्दैनन । यस्ता समुदायलाई सचेतीकरण गर्नु जरुरी छ । पिडा दिनु भन्दा पिडा सहनु ठुलो अपराध हो ।पिडा सहेर बस्नु हुदैन । कति पय यस्ता घट्ना हुन्छन , शुरुमा महिलाले दुःख दिएको भन्दै उजुरी दिन्छन , अनि पछि फिर्ता लिन्छन । यस्तो गर्नु हुदैन । पिडा परे पछि पिडकलाई कारवाहि गराउन पिडित महिलाले हिम्मत गर्नु पर्छ , तब मात्र महिला माथि हिंसा बढेर जादैनन् । लैंगिक हिंसा गर्ने जो कोहिलाई पनि कानुन अनुसार कारवाहि हुनु पर्छ , यस्ता अपराधका घट्नामा आलटाल र ढिलासुस्ती गर्नु हुदैन ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६